सोमबार, भदौ ०८, २०८३

नेफिन जापानको ३२औं विश्व आदिवासी दिवस विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले ३२औं विश्व आदिवासी दिवस विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
टोकियोमा आइतबार ३२औं विश्व आदिवासी दिवस विशेष सांस्कृतिक समारोह सम्पन्न गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन, महासचिव बालबिक्रम तिगेला लिम्बू र प्रमुख अतिथि जापानका नेपाली कार्यवाहक राजदूत हरीहर कान्त पौडेल, एनआरएनए आईसीसी वरिष्ठ उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने लगायत विभिन्न ब्यक्तिहरूको आतिथ्यतामा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो ।

नेफिन जापानले ३२औँ विश्व आदिवासी दिवस“पहिचान, समानता र अधिकार-आदिवासी जनजातिको मूल आधार” भन्ने मूल नाराका साथ टोकियोमा आइतबार सम्पन्न गरेको हो।

नेफिन जापानको आयोजना र विभिन्न ८ जातीय संघ-संस्थाको सह-आयोजनामा सम्पन्न कार्यक्रममा थकाली, तामांग, मगर, शेर्पा, गुरुंग, राई, लिम्बू लगायत जापानमा रहेका विभिन्न आदिवासी जनजाति समुदायका मौलिक कला, संस्कृति, भेषभूषा, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा अतिथिहरूले विश्व आदिवासी दिवसको शुभकामना दिदै प्रवासमा आदिवासी जनजातिको कला-संस्कृति र पहिचानले नेपालीहरूलाई चिनाएको र एक आपसमा मेलमिलापको भावले साथ सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया