शनिबार, भदौ ०६, २०८३

जापानको इबाराकी केन्द्र भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

टोकियो । जापानको इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा आइतबार बिहान करिब २ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्र इबाराकी दक्षिणी क्षेत्रमा करिब ७० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पबाट इबाराकी, साइतामा, चिबा र टोकियोका केही क्षेत्रमा ठुलो धक्का महसुस गरिएको छ।
शक्तिशाली महसुस गरिएको भूकम्प कान्तो क्षेत्रमा ठुलो धक्का दिएको छ ।
भूकम्पका कारण तत्कालका लागि सुनामीको खतरा नरहेको अधिकारीहरूले जनाएका छन्।

भूकम्पपछि सम्भावित क्षति तथा परकम्पबारे विवरण संकलन भइरहेको छ।

यसमा तपाईको प्रतिक्रिया