शनिबार, फागुन १२, २०८०

रुपन्देही समाज जापानको टोकियोमा विशेष भेला हुँदै

टोकियो,१३ साउन । रुपन्देही जिल्लावाट काम,ब्यवसाय,अध्ययन,लगाएत विभिन्न शिलशिलामा जापान आएकाहरुलाई संगठित गर्न रुपन्देही समाज जापानले टोकियोमा एक विशेष भेला आयोजना गर्ने भएको छ ।
जुलाई  ३० तारीख़ टोकियोको सिन्जुकुमा आयोजना गरिने भेलामा सम्पुर्ण जापानमा रहने रुपन्देही जिल्लाबासीहरुलाई सहभागीताको लागी आह्वान गरिएको छ ।
रुपन्देही समाज जापान गठन भएको २ बर्ष को पुर्व सन्ध्यामा सो भेला आयोजना गर्न लागिएको हो । उक्त दिन  रुपन्देही समाज जापानको निती नियमहरुको सामान्य जानाकारी गराउँदै समाजको सदस्यता बितरण गरिने जनाईएको छ । साथै सदस्यहरुको सदस्यता नविकरण  पनि गरिनेछ  ।
सो कार्यक्रम जुलाई  ३० तारीख़ शिन्जुकुमा दिनको ठीक २ बजे हुने समाजका अध्यक्ष पशुपती गिरीले जानकारी दिनुभयो ।