शनिबार, फागुन १२, २०८०

जापानबाट गायक अमितले दोस्रो मर्मस्पर्शी गीत ल्याउदै

टोकीयो,१२ साउन । भोली शनिवार गीतबाट नेपाली लोक गीत संगीतमा डेब्यू गरेका गायक अमित सापकोटाले ‘तिनै दिन रमाईला तिनै दिन जाति ‘ ल्याउने भएका छन् ।
गत साता जापान टोकियोस्थित इकेबुकुरोको पेंटा स्टूडीओबाट आफ्नो दोस्श्रो गीत ूतिनै दिन रमाईला तिनै दिन जाति  रेकर्ड गराएका छन् । मौलिक शब्दले भरिएको उक्त गीतमा चर्चित गीतकार नारायण कंडेल शब्द , चर्चित सर्जक शिब सूबेदीको संगीत तथा गायक अमितको स्वर रहेको छ । बालापनकासंगै गुच्चा खेल्ने साथीभाईहरू बिभिन्न कारणले टाडा रहेको र तिनै साथीहरूको समझनामा समग्र बालापनको याद दिलाउने गीत बनेको गायक अमित बताउछन् र गीतले दर्शक श्रोताको माया पाउने कुरामा आफु बिस्वस्त रहेको गायकको भनाई रहेको छ ।