बुधबार, साउन ०१, २०८२

जापानबाट एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न

टोकियो । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले २०८१ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
टोकियोको आपनै विद्यालय भवनमा जुलाई ४ तारिख शुक्रवार एक कार्यक्रम गरि उल्लेखनीय सफलता प्राप्त गरेका २९ जना विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थित जापानस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले सफल विद्यार्थीहरूलाई सस्नेह बधाई दिंदै, आगामी शैक्षिक यात्रा थप सफल र समृद्ध होस् भन्ने प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालय सञ्चालक समितिका अध्यक्ष किरण विक्रम थापा, प्रधानाध्यापक विष्णुप्रसाद भट्ट, तथा अन्य विशिष्ट पदाधिकारीहरूको उपस्थितिले कार्यक्रममा विशेष गरिमा थपेको थियो।
कार्यक्रमको सांस्कृतिक र भावनात्मक उत्कर्षको रूपमा, ख्यातिप्राप्त गायक आनन्द कार्कीले सजीव सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै सम्पूर्ण उपस्थितजनलाई मन्त्रमुग्ध बनाउनु भयो। l

सोही अवसरमा, शैक्षिक सत्र २०८१ अन्तर्गतका विद्यार्थी परिषद्का प्रतिनिधिहरू तथा विद्यालयको पहिलो संस्करण ‘एभरेष्ट क्रोनिकल्स’ प्रकाशनमा संलग्न सम्पादकीय टिमका पदाधिकारीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।

उक्त सम्मान समारोहले विद्यार्थीहरूमा प्रेरणा, कृतज्ञता र नेतृत्व भावना विकास गर्न सहयोग पुर्‍याएको र विद्यालयको शैक्षिक तथा सृजनात्मक यात्रामा ऐतिहासिक योगदान प्रदान गरेको विद्यालयलका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले बताउनु भयो ।

यसमा तपाईको प्रतिक्रिया