मङ्गलबार, बैशाख ३०, २०८२

अस्मिता वाईबाद्धारा एनआरएनए जापानको सदस्यमा उम्मेद्धारी

जापान,१२ साउन । गैर-आवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि महिला केन्द्रीय सदस्य पदमा अस्मिता वाईबा तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ।
नेपाल देखीनै सामाजिक क्षेत्रमा साक्रिय वाइबा नेपाल तमाङ घेदुनमा आबद्ध भएर सामाजिक कर्ममा सकृय तमाङ जापानमा पनि सधैं सामाजिक काममा सक्रिय छिन् ।
नेपाल तामाङ समाज जापानको उपाध्यक्ष, मादन तामाङ सेवा समाज जापानको कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जापानको केन्द्रिय समित सदस्य पदमा रहेर आफ्नो समुदाय र समग्र नेपालीको हक हितको लागि आवाज उठाउदै आएकी छिन् ।
समग्र जापानबासी नेपाली समुदायको बिदेशी भुमीमा आईपर्ने शुख दुखमा साथ दिनुनै आफ्नो उन्मेदवारीको प्रमुख उद्धेश्य बताउदै भोलीका दिनहरुमा पनि नेपालीकै लागि केही गर्न पछी नपर्ने र नामको मात्र संस्था भन्दा पनि कामको संस्था बनाउन गैरआवासीय नेपाली संघ जापानको आगामी नयाँ कार्यकालका लागि महिला केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने जानकारी दिनुभयो ।