बिहिबार, असार ०७, २०८१

सानुको तिज कोसेली ‘बटौली पातलो ज्यान’ वजारमा(भिडियो)

काठमाडौं,१२ साउन । गीत संगीतको क्षेत्रमा लामो समयदेखि जम्न सफल गायिका सानु सुर्खालीको तिज गित बटौली पातलो ज्यान बजारमा आएको छ ।
वसन्त थापाको शब्द र लयमा रन्जित परियार र सानू सुर्खालीको सुमधुर आवाजमा भावना म्युजिक सोलुसनको प्रस्तुतिमा तिज कोशेली बटौली अहिले सबैलाइ नचाउन सफल रहेको छ । समसामयिक र यथार्थतामा आधारित यो गितमा बिमल अधिकारी र निशा पुरिको बेजोड प्रस्तुतिका साथ अभिनय देख्न सकिन्छ भने चर्चित निर्देशक शंकर बिसिको निर्देशनमा राजेश घिमिरेले यो भिडियो छायांकन गरेका छन । नवीन घर्ती मगरको सम्पादनमा रहेको सानुको बटौली युट्युबमा हेर्न सकिन्छ ।