बुधबार, साउन ०१, २०८२

क्योतो नेपाली कम्युनिटिको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा नरेश ओली

जापान । क्योटो नेपाली कम्युनिटीको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति गठन भएको छ। अध्यक्षमा – नरेश ओली
वरिष्ठ उपाध्यक्षमा संखर भुसाल
उपाध्यक्षहरूमा राम भक्त सापकोटा,
गोबिन्द सापकोटा,
गोपाल खत्री,
लालसा सापकोटा,
धिरेन्द्र बहादुर शाही,
सचिव सुबिन न्यौपाने,
सह–सचिव कपिल आचार्य,
सह- सचिव बिमल गैरे,
कोषाध्यक्ष मदन अधिकारी,
सह–कोषाध्यक्षमा सिन्धु शर्मा,
युवा संयोजक – सुजन जंग छेत्री
सदस्यहरूमा -सुरज थिङ, सन्दीप भुसाल, सङ्गम जोशी, अर्जुन भुसाल, निकेश वाइबा, चेतन मल्ल, प्रदीप कुँवर, चुणामणि खड्का, रबिना मगर, सुधाम्स थापा, सबिन सापकोटा( साकृतिक सह- सयोजक ) र काजल गुरुङ( साकृतिक संयोजक) रहेका छन्।
नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हकहित संरक्षण, नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धन तथा आपसी एकता र सहयोगलाई मजबुत पार्ने उद्देश्यका साथ विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुदसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। नेतृत्व टोलीले जापानको क्योटो क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई साथ, समर्थन र सहकार्यको लागि आह्वानसमेत गरेको छ।