काठमाडौं : चर्चित गायक ऋषि खड्का र प्रतिभाशाली गायिका अनु चौधरीको सशक्त स्वरमा सजिएको म्युजिक भिडियो ‘ए माया’ सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीको ध्यान खिच्न सफल भइरहेको छ।
प्रेमभाव बोकेको यस गीतमा शब्द तथा संगीत स्वयं गायक ऋषि खडकाकै रहेको छ, जसले गीतमा आत्मीयता थपेको छ। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी लोकप्रिय निर्देशक मौसम हिमालले गरेका छन्। भिडियोमा मोडलद्धय उषा उप्रेती र शितल वाग्लेले भावनात्मक अभिनयमार्फत गीतको कथालाई जीवन्त बनाएका छन्। गीतको संगीत संयोजन (एरेन्ज) केशव बाबुले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको काम कुमार राणाले गरेका छन्।
छायांकनमा नवराज उप्रेतीले कलात्मक दृष्टिकोण प्रस्तुत गर्दै भिडियोको दृश्यात्मक पक्षलाई सशक्त बनाएका छन्। प्रेम र संवेदनालाई समेटेको ‘ए माया’ म्युजिक भिडियोले छोटो समयमै दर्शक श्रोतामाझ सकारात्मक प्रतिक्रिया सहित चर्चाको शिखर चुम्दै गएको छ। नेपाली आधुनिक संगीतमा नयाँ स्वाद दिन खोजिएको यो सिर्जनालाई स्रोताहरूले उत्साहपूर्वक स्वागत गरिरहेका छन्।
नेपाली संगीतको क्षेत्रमा ‘ए माया’ ले दर्शकलाई छुट्टै स्वाद पस्किरहेको छ । गीतको म्युजिक भिडियो अत्यन्तै आकर्षक ढंगले छायांकन गरिएको छ। “ए माया” केवल प्रेम गीति मात्रै नभएर युवा पुस्ताको भावना र सम्बन्धप्रतिको सोचलाई पनि प्रतिबिम्बित गर्छ। गीतमा प्रेमको सकारात्मक दृष्टिकोण, समर्पण र सम्मान पाउन सकिन्छ । गायक तथा संगीतकार खड्का भन्छन्, ‘यो मेरा उत्कृष्ट गीतहरुमध्येको एउटा गीत हो ।’ गीतको आई टि सपोर्ट भने राजेन्द्र अर्यालले गरेका हुन् ।