बुधबार, साउन ०१, २०८२

लाइभ इन जापान : गायक दुर्गेश थापा आउँदै

टोकियो । ‘दुस्मन हेरेकै हेर्यै’ गीतका चर्चित गायक दुर्गेश थापा सांगीतिक ‘टुर’ लिएर जापान आउँदैछन् । भिजोनिया मल्टिपल कम्पनीको आयोजनामा हुन गएको सांगीतिक कार्यक्रमको लागि गायक थापा जापान आउन लागेका हुन् ।

यही जुन १५ देखि जापानको विभिन्न शहरहरुमा हुने ‘लाइभ इन जापान’ नामक सांगीतिक कार्यक्रमका लागि चर्चित गायक थापा जापान आउन लागेका भिजोनिया मल्टिपल कम्पनीका अध्यक्ष सुवास लामिछानेले बताए । अध्यक्ष लामिछानेका अनुसार जापानको विभिन्न शहरहरु ओसाकामा जुन १५, नागोयामा जुन १७, फुकुओकामा जुन २० र टोकियोमा २२ जुनमा गायक थापाको धमकेदार प्रस्तुती रहनेछ । यस्तै अन्य शहरहरुमा समेत थापाले प्रस्तुती दिनेछन् ।

गायक थापाले स्वर दिएको ‘मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु’, ‘यो दुर्गेश थापा हो’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा’, ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।