चन्द्र खनाल,टोकियो । प्रदेशी भुमी जापान रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा आर अडियो म्युजिक प्रा लिको प्रस्तुतिमा सुशील ज्ञवालीको एल्बम ‘बोलायो मायाले’ तीजको लोक दोहोरी गीत बजारमा आएको छ ।
मौलीक शैलीमा, माया र प्रेम कहानीमा आधारित यो गितमा सुशील ज्ञवाली र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ भने रमेश राज भट्टराईको शब्द संगीत रहेको छ ।
जापान र नेपाल दुबै ठाउँमामा छायाँङ्कन गरिएका यस गितको भिडियो निकै मेहनत गरेर निर्माण गरिएको छ अहिलेका ब्यस्त अनि निकै मेहनती निर्देशक शंकर बिसिले म्यूजिक भिडियोको निर्देशन गर्नुभएको छ, भने धेरै मेहनती अनि सफल छाँयाकार शम्भु चैसिरको छाँयाङ्कन र सम्पादन कार्य रबिन बिकले गर्नुभएको छ । भिडियोमा गायिका सम्झना नेपालमा र गायक सशील जापानमा छुट्टा छुट्टै देखा परेपनि भिडियो लाई कुशलताका साथ समायोजन गरी एकै लहरमा डो¥याईएको छ ।
म्यूजिक भिडियोमा चाखलाग्दो नृत्यका साथ शंकर बिसि र पार्बती राईको अभिनय रहेको छ ।