शुक्रबार, कार्तिक २३, २०८१

जापानमा धादिङेहरुबीच जुलाई ३० मा परिचयात्मक कार्यक्रम हुने

टोकियो,१० साउन । धादिङ समाज जापानले जापानमा रहेका धादिङेहरुबीच  यहि जुलाई ३० तारीख आईतबार परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
टोकियोको सिनओकुवोस्थित रोधि क्लवमा हुने कार्यक्रम दिउँसो १ बजेबाट सुरु गरिने बताईएको छ । जापानमा विभिन्न पेशा ,व्यवसाय तथा अध्यायनका शीलशिलामा थुप्रै धादिङेहरु रहेका भएता पनि ,एक – अर्का बिचमा भेटघाट र परिचय हुन नसक्दा एक आपसमा आत्मियता र भाईचारा वृद्दि हुन नसकेको भन्दै यो परिचयात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । समाजका अध्यक्ष कृष्ण प्रसाद खनालका अनुसार,कार्यक्रममा धादिङेहरुबीच परिचय साटसाटका साथै, जापानमा रहेका धादिङ्कै,अग्रज तथा अनुभवी व्यक्तिहरुबाट,यहाँ आईपर्ने समस्या,चुनौती तथा विविध अवसरहरुको बारेमा छलफल पनि गरिनेछ । साथै,धादिङ् जिल्लामा विद्यमान समस्याहरु न्युनिकरण एवं विकास निर्माणका कार्यहरुमा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि विचार विमर्श गरिनेछ ।
कार्यक्रममा,धादिङकै अग्रज ब्यक्तित्व हरु,डा. होम बहादुर रिजाल , डि पि अर्याल , अनुज थापा,कृष्ण सिम्खडा, तेज अर्याल,केशब अधिकारी,राजेन्द्र श्रेष्ठ , राजकुमार अधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहने जानकारी गराईएको छ  । यो सबै धादिङेहरुको आफ्नै र महत्वपूर्ण कार्यक्रम भएकाले जापानवासी सम्पूर्ण धादिङेहरुलाई उपस्थितीका लागि समाजले अनुरोध गरेको छ ।