टोकियो,१० साउन । जापानस्थित गुन्माकेनमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएर ओटाकोस्थित सुबारु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नवलपरासीका ३१ बर्षीय हृदेश जिसीको मृर्त शरीर नेपाल लाने तयारी गरेको छ ।
आइतबार जिसी वजारवाट फर्कनेक्रममा गाडीले ठक्करवाट १५ मिटर पुराएर घाईते बनाएको थियो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्वर्गीय जिसीको मृर्त शरीरलाई नेपाल पठाइदिन परिवारबाट आग्रह अनुसार नेपाल पठाउन प्रक्रिया अगडि बढाएको एनआरएनए उपाध्यक्ष देविलाल भण्डारीले बताउनु भयो ।
जिसी रूम जादै गरेको अवस्थामा गाडीको ठक्करबाट निधन हुन गएको र अहिले चालक प्रहरी नियन्त्रणमा रहेको र नेपाल पठाउने तयारी भएको छ एक हप्तासम्म लाग्न सक्ने जानकारी प्रहरीबाट आएको एनआरएनए जापान उपाध्यक्ष देबीलाल भण्डारीले जानकारी दिनुभयो ।
आज मंगलवार घटनास्थल पुगि एनआरएनए जापान उपाध्यक्ष देबीलाल भण्डारी ,प्रवासी नेपाली मंचका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाल कम्यूनिटीका अध्यक्ष हरि सापकोटा ,नवलपुर समाजका सल्लाहकार नारायण कडेल ,नवलपुर समाज जापानका कोषाध्यक्ष राम खड्का ,सदस्य माधव पौडेल र स्थानियबासी र आफन्तहरूले श्रर्दान्जली अर्पण समेत गरेका छन ।
नेपाल पठाउने वारे कानुनी प्रक्रिया पुरा गरी नेपाल लैजानको लागी जापानिज टोक्यो होएईस्या कम्पनीलाई जिम्मा दिएको एनआरएन उपाध्यक्ष भन्डारीले बताउनु भयो ।
https://youtu.be/OQ2i_qPAUsY