निशान राना ,नागोया । जापानको नागोया शहरमा यहि मे १२ तारिख वोन ड्रीम ईन्टरटेनमेन्टको आयोजनामा कुमा सागर र द ख्वप ब्यान्डको कन्सर्ट हुने भएको छ। छोटो समयमानै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा बस्न सफल कुमा सागर र द ख्वप ब्यान्डको कन्सर्टको ८० प्रतिशत टिकट समेत बिक्री भई सकेको र अन्य तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएका छन् ।
टिपिकल नेवारी भाषा र भाकालाई सांगितिक स्वादमा मिसाएर दर्शकको मन जित्न सफल कुमा सागर र उनको व्याण्ड अहिले जापानको म्युजिकल टुरमा छ। यहि मे १ तारिख फुकुओका शहरमा आफ्नो प्रस्तुति दिई सकेका ब्याण्डले टोकियोमा मे ४ तारिख,ओशाका शहरमा मे ९ तारिख र नागोयामा मे १२ सांगितिक तहल्का मच्चाउने तयारीमा रहेको छ।
जापान म्युजिकल टुरको नागोया संयोजक सोनाम दोर्जी शेर्पाका अनुसार नागोया कन्सर्टको टिकट ८० प्रतिशत बिक्री सकिएको र सामान्य तर्फको टिकट सिमित मात्र रहेकोले छिटै नै सेन्टर कलेक्ट गर्ने जानकारी दिएका छन्। कर्मल टिकट कन्सर्ट अघिनै विक्रि हुने अपेक्षा आयोजकले राखेको छ । डोर सेलको लागि सीमित मात्र टिकट बाँकी भएकोले छिट्टै आफ्नो सिट सुरक्षित राख्न समेत कुमा सागरका फ्यानहरुलाई आयोजकले आग्रह गरेको छ ।
कुमा सागरको जापान सांगितिक टुरको मुख्य प्रायोजन स्माइल रेमिट्यान्सले गरेकाले व्याण्डको जापान सांगितिक टुरको नाम स्माइल मोबाइल रेमिट्यान्स म्यूजिक टुर २०२५ नाम दिइएको छ ।