टोकियो,९ साउन । गैरआवाशीय नेपाली संघ एनआरएनए जापानले टोकियोमा आयोजना गर्न गैरहेको १० आं नेपाल फेस्टिवलको तयारी वृहत भेला सम्पन्न गरेको छ ।
सोमवार टोकियोमा आयोजना गर्न गैरहेको नेपाल फेस्टिवलको तयारी वृहत भेलाले स्टल बुकिङ्ग खुल्ला गरि तयारी तदर्थ समिति समेत गठन गरेको छ । गैरआवाशीय नेपाली संघ जापानको आयोजनामा यसपटक पनि नेपाल फेस्टिबल २०१७ आयोजना हुने भएको छ ।
आज २४ जुलाई २०१७ मा टोकियोको आयोजित बिभिन्न संघ संस्थासंगको एक अन्तरकृया तथा पत्रकार सम्मेलन मार्फत टोकियोको उएनो पार्कमा अगस्ट २६ र २७ तारिक आयोजना हुने उक्त फेस्टिबलको १७० जनाको मूल आयोजक समिति गठन गरिएको छ र जापानस्थित नेपाली राजदुताबास र पररास्ट्र मन्त्रालयको बिशेष सहयोगमा साथै जापानस्थित विभिन्न संघ सस्थाहरुको सक्रिय साथमा नेपाल फेस्टिबल २०१७ आयोजना हुने भएको छ र फेस्टिबलको मूल उदेश्य नेपाली खाना ,कला सस्कृतिलाइ जापानीमाझ चिनाउने , नेपालको पर्यटन प्रबर्धनमा टेवा पुर्याउने रहेको छ र यसपटकको नेपाल फेस्टिबलको संयोजकमा एनआरएनए जापानका उपाध्यक्ष टाशी लामा र देविलाल भण्डारी रहेका छन ।
फेस्टिबलको लागी स्टल बुकिङ्ग खुल्ला
नेपाल फेस्टिबल २०१७ को लागि स्टलहरु बुकिंग खुल्ला गरिएको छ । यसपटक स्टलमा रेस्टुरेन्ट राख्न चाहनेहरुको लागि दुइदिनको ३५ मान येन र डिपोजिट १५ मान येन गरि ५० मान जापानी येन लाग्ने छ, खाना बाहेकको स्टलहरु बुप्पान को लागि भने दुइदिनको १२ मान जापानिज येन लाग्ने व्यहोरा आयोजक सस्थाले जनायको छ । रेस्टुरेन्टको लागि डिपोजिट स्वरूप राखिने १५ मान येन यदि आफुले लिएको स्टल एरियामा कुनैकिसिमको फोहोरहरु नछाडी राम्रोसंग छाडेमा डिपोजिट रकम पुरा फिर्ता गरिने जानकारी आयोजकले जनायको छ, स्टल बुकिङ्गको लागि फेस्टिबल संयोजक टाशी लामा र देविलाल भण्डारी मा सम्पर्क गर्न सकिने साथै एनआरएनए जापानको ऒकुबोस्थित कार्यालयमा उपस्थित भई जानकारी लिन र बुकिन् गर्न सकिने छ ।
अन्तरकृया तथा पत्रकार संम्मेलनमा जनसंम्पर्क समिति जापान, ओएनएफ जापान , अन्तराष्ट्रीय नेपाली समाज, जनप्रगतिशिल मोर्चा, पत्रकार महासंघ जापान, एनआरएनए जापान आईसीसी सदस्य, गल्कोट समाज , स्याङ्जा समाज जापान, बाँके बर्दिया मैत्रि समाज , कर्लिम समाज , धादिन् समाज, गोर्खा समाज , रामेछाप समाज , तमुधि जापान , सुदुर पश्चिम समाज , राप्ति समाज , कास्की पोखरा समाज , वलेवा समाज , नेपाल जापान यूथ क्लब , वी फर अल , यूथ फर अल लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका वर्तमान अध्यक्ष सुदन थापाले बिस्तृत ब्रिफिन्ग गर्नुभएको थियो भने नेपाल फेस्टिबल संयोजक मध्यका एक देविलाल भण्डारिले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रम संघका महासचिब अनुज थापाले संचालन गर्नुभएको थियो ।