टोकियो । दोलखा समाज जापानको पाँचौ अधिवेशन टोकियोमा सम्पन्न भएको छ । टोकियोमा आईतबार भएको दोलखा समाज जापानको पाँचौ अधिवेशनबाट अध्यक्षमा सन्जिव पोखरेल चयन हुनु भएको हो ।
अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा पोखरेल सहित महेन्द्र राउत बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा श्री खड्का, नारायण खड्का, मनोज श्रेष्ठ, र अन्जन बस्नेत चयन भएका छन्।
महासचिवको जिम्मेवारी अनुप खड्काले सम्हाल्ने भएका छन् भने सचिवहरूमा तिलराज खतिवडा, सिर्जना थापा, र शिव ओलि चयन भएका छन्। कोषाध्यक्ष पदमा गोपी कार्की चयन भएका छन्।
नयाँ कार्यसमितिको सदस्यहरूमा अधिवक्ता गोपीनी आचार्य, दर्पन खड्का, सुवास पोखरेल, नवराज खड्का, सन्तोष खड्का, दिपेन्द्र कार्की, अर्जुन खड्का, अशोक पोखरेल, सुनिल खड्का, र रमेश लामा चयन भएका छन्।
समाजका अध्यक्ष सन्जिब पोखरेलले समाजलाई अझै सशक्त बनाउँदै जापानस्थित दोलखालीहरूबीच एकता, सहयोग, र नेपाली संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।