शुक्रबार, बैशाख ०५, २०८२

स्याङ्जा समाज जापानको ७ औं महाधिवेशन सम्पन्न, अध्यक्षमा वेद कार्की निर्वाचित

टोकियो । स्याङ्जा समाज जापानको ७ औं महाधिवेशन सम्पन्न भएको छ । टोकियोमा आज भएको सातौं महाधिवेशनले स्याङ्जा समाज जापानको अध्यक्षमा वेद कार्की सर्वसम्मत चयन भएका छन्।

समाजका वरिष्ठ उपाध्यक्षमा दीपक न्यौपाने, उपाध्यक्षहरूमा मनोज अधिकारी, मणि भट्टराई र मित्र सिद्देल चयन भएको निर्वाचन कमिटिका संयोजक जीवन न्यौपानेले जानकारी दिनुभयो।
समाजको महासचिवमा सागर मणि न्यौपाने, सचिवमा मिलन अर्याल कोषाध्यक्षमा सरस्वती (सारा) श्रेष्ठ र सह–कोषाध्यक्षमा विनय क्षेत्री चयन भएका छन्। सदस्यहरुमा सुरेश झावली, रामु बस्याल, खगेन्द्र भण्डारी, राधिक पाण्डे, केविन भट्टराई, कल्पना रोका(खड्का), बुद्धि सागर पाण्डे, प्रकाश भुजेल, अमित गौतम, प्रदिप थापा, कमल लम्साल र विवेक बस्याल रहेका छ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रीय समन्वय समितिका अध्यक्ष वीरेन्द्र जंग केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सार्वजनिक गरिनुका साथै सांकृतिक कार्यक्रम भएको नवनिर्वाचित कोषाध्यक्ष सरस्वती (सारा) श्रेष्ठले जानकार दिनुभयो ।

सन २०१२ मा स्थापना भएको स्याङ्जा समाज जापानको ७ औं महाधिवेशन चित्र गुरुंगको सभापतित्व र सागर मणि न्यौपानेले संचालन गरि सम्पन्न भएको थियो ।