टोकियो । धादिङ समाज जापानको छैटौँ अधिवेशन सम्पन्न भएको छ। आज मार्च २३ तारिख टोकियोमा धादिङ समाज जापानको छैटौँ अधिवेशन सम्पन्न भएको हो । सम्पन्न भएको छैटौँ अधिवेशनले बिमल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।
श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा प्रल्हाद अधिकारी, ईश्वरी अर्याल, मंगल बहादुर सुनार र विशाल भन्डारी चयन भएका छन् भने,महासचिवमा सुशान्त बानियाँलाई चयन गरिएको छ।
यसैगरि, सचिवहरुमा दिपक बिष्ट र सरोज गिरी, कोषाध्यक्षमा राम बाबु दनाई पुन चयन भएका छन्। सह(कोषाध्यक्षमा प्रविन नेपाल चयन भएका छन्।
समाजको नयाँ कार्यसमितिका सदस्यहरुमा,गणेश बहादुर अघिकारी,अजय न्यौपाने,समुद्र सडौला,देबिका पण्डित,रंजिता अर्याल,निरज पण्डित,प्रदिप जंग शाह,नबिन राना मगर,दिनेश विश्वकर्मा,सन्तोष श्रेष्ठ,भिनसेन कुवँर,सुनिल जमरकट्टेल,बद्री पौडेल,उपेन्द्र पण्डित र राजेश पण्डित रहेका छन् ।
अधिवेशनको घोषणा सभामा,समाजको अध्यक्ष श्यामहरि तिम्सिनाको सभापतित्व रहेको थियो भने जापानका लागि नेपाली राजदुत डा। दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा,धादिङ् समाज जापानका सल्लाहकारहरु तथा जापानका विभिन्न संघरसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।