शुक्रबार, असार २७, २०८२

थकाली सेवा समिति जापानको १७ औं अधिवेशन मार्च २३ तारिख टोकियोमा हुने

जापान । थकाली सेवा समिति जापानको १७ औं अधिवेशन हुने भएको छ । थकाली समुदायको महान चाड तोरन्ल फागुपूर्णिमा को अवसरमा आगामी मार्च महिनाको २३ तारिख आईतबार १७ औं अधिवेशन हुने भएको हो ।
टोकियो हामामाचुस्थित मन्दिर रेष्टुरेन्टमा हुने अधिवेशनमा हालसम्मको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिनुका साथै प्रतिबेदन उपर छलफल गरी पारित गरिने छ भने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको अध्यक्ष बुद्धि गौचनले जानकारी दिनुभयो ।

थकाली सेवा समिति जापानले हरेक वर्ष फागुपूर्णिमाको अबसर पारेर आफ्नो अधिवेशन गर्दै आईरहेको छ । फागुपूर्णिमा विशेष अधिवेशनमा स्थानीय कलाकर्मीहरुको साँगीतिक प्रस्तुती पनि रहने बताईएको छ ।
थकाली सेवा समिति जापानमा सबैभन्दा पुराना संघसंस्थाहरु मध्यको एक हो ।

फागुपूर्णिमा पर्वलाई थकाली समुदायले आफ्नो सबैभन्दा ठूलो पर्वकारुपमा हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आईरहेका छन् ।
कामप्रतिको समर्पण र जिम्मेवारीप्रतिको इमान्दारिताका कारण थकाली सेवा समिति जापानमा बुद्धि गौचन छैठौं पटकसम्म दोहोरिएर अध्यक्ष हुने जापानको नेपाली कम्युनिटीका एक्ला अध्यक्ष हुनुहुन्छ ।