शनिबार, जेठ ०४, २०८२

गायिका उमा श्रेष्ठको’बाडुल्की कुक्क’ बोलको गीतले चर्चा बटुल्दै

काठमाडौं । गायिका उमा श्रेष्ठले ’बाडुल्की कुक्क’ बोलको गीत सार्वजनिक गरेकी छन् । गायन, व्यवसायी र सामाजिक क्षेत्रमा सक्रिय उमा श्रेष्ठले केहि दिन अघि उक्त गीत सार्वजनिक गारेकी हुन् । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति लिएर पुगिसकेकी उनि राष्ट्रिय संगीतकर्मी संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

सिन्धुपाल्चोक स्थायी घर भएकी श्रेष्ठको बजारमा आएको गीत “बाडुल्की कुक्क” मा वरिष्ठ गायक घमेश दुलाल र उनी स्वयम् को सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय अमृत खातीले तयार परेका हुन् भने शब्द बिनोद ढकालले भरेका छन् । सर्जक द्वय अमृत र बिनोद पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागी ख्याती कमाएका कलाकार हुन् ।

गीत निकै कर्णप्रिय र रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा सन्जीब ठकुरी र निहारिका थापाको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई छायांकन सन्तोष तिमल्सिनाले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । छोटो समयमा नै टिकटकमा पनि अत्याधिक प्रयोग भएको गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।