जापान। प्रवासी नेपाली मञ्च जापानको समन्वयमा क्षेत्रीय कमिटी ओकिनावाको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका ओकिनावामा बृहत् अन्तरक्रिया कार्यक्रम हुन लागेको हो।
फेब्रेवरी ९ तारिखका दिन नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकको प्रमुख आतिथ्ययतामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम हुने मंचका राष्ट्रीय कमिटी सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा ओएनएफ जापानका इन्चार्ज सुरेश केसी प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रवासी मन्च जापान क्षेत्रीय कमिटी ओकिनावाका अध्यक्ष सुबास थापाले बताउनु भयो ।