सोमबार, भदौ २४, २०८१

पक्राउ परेको समाचार भाईरल भईरहदा बद्रि पंगेनी प्रतिष्ठानको वैठकमा

ललितपुर,४ साउन । महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको समाचार भाईरल बन्दै गर्दा पंगेनी पुर्व निर्धारित लोक तथा दोहोरी गीत प्रतिष्ठानको वैठकमा सहभागी भएका छन् ।

बुधबार प्रतिष्ठानको वैठकमा सहभागी हुदै बद्रि पंगेनी लगायतका पदाधिकारीहरु,  स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना पक्राउ परेको समाचार बाहिर आएको थियो ।badri  पंगेनीले पक्राउ नभएको दावी गरिरहेका बेला प्रहरीले भने उनलाई पक्राउ गरिएको दावि गरेको छ  । पंगेनी मंगलबारराती काठमाडुको बाँसबारीस्थित् होटेल शाम्बालाबाट पक्राउ परेको प्रहरीको दाबी छ ।
जुवा खेलिरहेका बेला गायक पंगेनीसहित अन्य ११ जना पक्राउ परेको महाराजगंजका प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिएका छन् ।  छोटो प्रतिक्रिया दिदै पंगेनीले भने, हिँजो निरमाया रोदी क्लबका मेरा भाईहरु पक्राउ परे भनेर बुझ्न गएको हुँ। म पक्राउ परेको होइन,म प्रतिष्ठानको पुर्वनिर्धारत वैठकमा छु । पक्राउ परेको छैन् । भाईहरुलाई छुटाउन गएको हूँ, मलाई फसाईयो । मेरो समाचार म हेर्दैछु । छक्क पनि छु ।