बुधबार, साउन ०१, २०८२

राजन पौडेलको राष्ट्रभक्त गीत’जन्मभूमि मेरो प्यारो गाउँ’ सार्वजनिक

जापान । बहुआयामिक ब्यक्ति राजन पौडेलको नयाँ राष्ट्रभक्त गीत’जन्मभूमि मेरो प्यारो गाउँ’ सार्वजनिक भएको छ ।
सानै उमेर देखि बिबिध बिधाहरुमा आफ्नो छबि बनाउँदै आएका राजनले बिगत केहि बर्ष देखि गायन क्षेत्रमा पनि पाइला चालेका छन ।
जन्मभुमी मेरो प्यारो गाउँ लिएर बजारमा आएका छन स्याङजामा जन्मिएका राजन कुमार पौडेल ।
हिमालको काख मुनी सुन्दर मेरो गाउँ भन्ने मर्मश्पर्सी शब्दबाट सुरु भएको गितमा देश भक्ति नेपाली गीत सम्झनाको झलक मुटुनै धड्कन्छ । बहुप्रतिभाका धनि, गीत,संगीतमा उत्तिकै रुची राख्ने प्रखर गायक, नायक, मोडल अनि सालिन र भद्र सामाजिक व्यक्तिव राजन पौडेलको नयाँ गीत (राष्ट्रभक्त गीत) जन्मभूमि मेरो प्यारो गाउँ रिलिज भएको छ ।
सानै देखि कलाकारिता, गीत(संगीतमा रुचि राख्ने पौडेलले बिगत केहि बर्ष देखि गायन क्षेत्रमा पनि पाइला चालेका थिए । यस गितकी रचनाकार उनकी आफ्नै धर्मपत्नी शान्ती केसी पौडेल हुन भने भिडियोमा पनि पौडेलको मुख्य अभिनय रहेको छ ।

यस अघि पौडेलले सिन्दुर पोते चुरा, प्रमिल गित वाचा कसम नखाउँ जस्ता भिडियो गीतबजार ल्याएका थिए ।
स्याङजा जिल्लामा जन्मिएर पोखरामा हुर्के बढेका नेपाल प्रहरी सेवामा सेवा समेत गरेका पुर्व अनुसन्धान अधिकृत पछिल्लो समय जापानका लागि पुर्व पर्यटन राजदुत तथा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) का प्रोजेक्ट म्यानेजरका रुपमा सक्रिय भए ।
सन २००१ मा त्रिभुवन बिश्वबिधालय समाजशास्त्र अध्ययन बिभागमा उत्कृष्टता हासिल गरि छात्रवृतिमा जापानको नागोया युनिभर्सिटीमा विधावारिधि को लागि पढन गएका थिए ।

पौडेलले नागोया युनिभर्सिटीको रिसर्च स्टुडेन्टको अध्ययनलाई बिचमै छोडेर जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोगमा काम गर्न थाले थिए ।
पौडेल बिभिन्न प्रोजेक्टका कामहरुको सिलसिलामा हालसम्म संसारका सय भन्दा बढि मुलुकहरुमा भ्रमण गरिसकेका छन् ।