बुधबार, साउन ०१, २०८२

माधव सिग्देलको ”भाग्यमानी” सार्वजनिक(भिडियोसहित)

जापानको फ़ुकुओकालाई लामो समय देखि कर्मथलो बनाउदै आएका गायक माधब सिग्देलले भाग्यमानी गित आफ्नै अफिसियल युटूब च्यानल मार्फत सार्बजनिक गरेका छन्।

अर्जुन सुबेदीको शब्द ,सुर्य खड्काको लय मा रहेको गीतमा माधब सिग्देल र कल्पना दाहालको आवाज रहेको छ। बिनोद बाजुरालीले एरेन्ज गरेको उक्त गितमा जीवन कुमार ज्ञवालीले भिडियो निर्देशन गरेका छन् ,अभिनय तथा निर्त्य लोमस शर्मा र अस्मिता रनपालले गरेका छन् भने भिडियो छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका हुन्।

केटा :(बुझेउ नि सानीले ,बुद्धि आउंछ तनहुँको पानीले )
काले -काले भानि तनहुँमा जन्मिएसि यसै भाग्यमानि )
केटि :(कोट लाउँदा टाँक नलाउ ,बाग्लुङ्गेलाई यतिकै धक नलाउ )
काली -काली भानि बाग्लुंगमा जन्मिएसि यसै भाग्यमानि )

यसो त गायक सिग्देल तनहुँ किहुँ -वारिकोटमा जन्मिएका हुन् ,आफुँ जुन ठाउँमा जन्मियो त्यहींको माया अनि आफुँलाई भाग्यमानि ठान्नु स्वाभाविक नै हो। गितमा तनहुँ र बाग्लुंगलाई जोडीएपनि जुन जिल्लामा जन्मियो उही भाग्यमानि हो भन्छन गायक सिग्देल। विश्व भरि जहाँ भए पनी गितसंगीत प्रेमीलाई एक पकट गित हेरेर सुनेर प्रतिक्रिया दिन गायक सिग्देलले अनुरोध गरेका छन्।

भिडियो लिंक