सोमबार, भदौ २४, २०८१

चितवन समाज जापान कान्तोको प्रथम अधिवेशन जुलाई २३ मा हुने

टोकियो,२ साउन । चितवन ज़िल्लाबाट विभिन्न पेशा व्यापार,व्यवसाय अध्ययन तथा रोजगारीको शिलशिलामा चितवन जिल्लाबाट जापान आइ बसोबास गरिरहेका चितवनेहरुको साझा सङ्गठन चितवन समाज जापानले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने क्रममा कान्तो क्षेत्रमा कार्यक्रम सम्पन्न गर्न गइरहेको छ ।

यहि जुलाई २३ तारीख चितवन समाज जापान कन्तो क्षेत्रीय समिति (टोक्यो)को प्रथम अधिबेसन तथा घोषणा सभा कार्यक्रम सम्पन्न गर्न गइरहेको हो ।

सो अधिवेशनले आगामी कार्ययोजना र नव कार्य समिति घोषणा गर्ने समाजका अध्यक्ष सरोज कंडेलले जानकारी दिनु भएको छ ल कार्यक्रममा चितवनबाट जापान आइ टोक्यो आसपास एबं कान्तो क्षेत्रमा बसोबास गरिरहनु भएका चितवनेहरु तथा चितवनलाइ माया गर्ने जापानबासी नेपालीहरु लाई कार्यक्रममा उपस्थित भइ सभ्य र भब्य रुपमा सफल पारिदिनु हुन आयोजक समितिका संयोजक एबं इन्चार्ज अर्जुन अधिकारीले अनुरोध गर्नु भएको छ ल् उक्त दिन घोषणाहुन गइरहेको कान्तो क्षेत्रीय समितिमा बसेर कार्यगर्न सक्ने सक्षम एब इच्छुक, चितवनलाइ मायागर्ने व्यक्तिहरुलाई उपस्थितिको लागी अपील गरेको छ । सो अधिवेशन २३ जुलाई २०१७ आइतबार टोक्यो रोधी क्लब को हल ,शिन-ओकुबो मध्यन्न १२:०० बजेबाट हुने जनाएको छ ।

समाजले जिल्लाका पिछडिएका वर्गको हित तथा शिक्षा, स्वाथ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।