जापान । बिजया दशमीको प्रारम्भ संगै लमजुङे युवा टोलीको बिजयी यात्रा सुरू भएको छ ।
लमजुंग एफसीको नाममा जापानको फुटबलमा नाम कमाएको लमजू युवाहरूको टोलीले जापानको चिबामा सम्पन्न भएको फूटसल प्रतियोगितामा उपबिजयी हुन सफल भएको छ । एनवाईएफसी ८८४८ द्वारा आयोजित प्रथम गोल्डकप फूट्सल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनका बाबजुत पनी जित निकाल्न नसकेन ।
फाइनल खेलमा ट्राईब्रेकर पेनाल्टी सूटआउट्मा ३-२ गोलले अलस्टार एफ़सीए संग लमजुङ एफसी पराजित भएको हो ।
यद्यपि उपविजेता टोलीका खेलाडी बबिन घले उत्कृष्ट खेलडी बन्न सफल भएका थिए ।
चिबाको आयोजित प्रतियोगितामा खिलाड़ीका शुभचिन्तक, केही जापानीज नागरिकहरू र नेपालबाट जापान आएर बसेका फुटवलप्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो।
सभापति साबिक सारु मगरको नेतृत्वमा सम्पन्न खेलमा विजयी टिमले ४ लाख येन र उपविजयी टिमले २ लाख येन प्राप्त गरेको थियो । फुटसल प्रतियोगितामा ३१ टीमले सहभागीता जनाएका थिए ।