नियात्रा अमेरिकामा ताम्सालिङ – विकु लामा
सदा झैं ब्रेकफास्ट लिएर केही समय आराममा डुबे । एमके घडीमा दिनको एक बज्दै थिए । छोराकै रातो नयाँ हाइब्रीड कोरोला कारमा सफाचट भएर पितापुत्र निस्क्यौं । कार भित्रको मगमग वासनाले नाकलाई जिस्काइरहे । संधै टिलिक्क पारेर राख्थे कारलाई । नीड एन्ड क्लीनमा कहिल्यै कन्जुसाइ नगर्ने छोराको असल बानीको म पनि फ्यान थिए । बाटोमा उताउलो बिकास टेक्सासको डालास । एकदिन अगावै छोरा अभिषेकलाई सम्झाई सकेका थिए । एउटा असल कार्यक्रममा जानु छ भनेर । छोराको उमेर सानो भएपनि जेन्टल ड्राइभिङ । कहिलेकाही ड्राभिङ गर्दा बेलाबेला नेपाल जस्तो होइन भनेर मलाई नै सम्झाइ रहन्छ । हुन त नेपाल भन्दा अमेरिकाको हरेक नियम प्रिथक र यहाँको ट्राफिक ब्यबस्थापन स्वचालित । धूँवा धूलोको अभाव ठाउँमा एकपटक सफा गरेपछि धेरैदिन उस्तै सफा फराकिलो बाटो मिठास वातावरण तर मनतातो हावाले मनलाई नै काउकुति लगाइरहे ।
आउने जाने गरेर दर्जनौ पटक भएपनि आफूलाई भने बाटोको अत्तोपत्तो छैन । समथर भुभाग भएर होला, पूर्व पश्चिम उत्तर दक्षिण पनि छुट्याउन नसकिने । सिर्फ जीपिएसको निगाह । अझ लङ जर्नी त छोराकै भर । अमेरिकाको धेरैजसो राज्यमा हरेकको खुट्टा नै कार । कार बिनाको जीवन परिकल्पनाको मथिङ्गलमा नराखेकै जाती । चश्मा भित्रको दृष्टि पनि दृष्यावलोकन मै ब्यस्त । दिनको दुइतिस बझ्दै थियो । कार्यक्रम स्थल नजिकै पुगेर अलमल परेपछि कार्यक्रम संयोजक सुर्य मोक्तानलाई फोन गरेर पुग्यौं । यूलेसबाट लुइजभिल १६ माइल दुरीमा २६ मिनेटको समय देखाएका थिए जीपीएसले ।
सुन्दर लेकको किनार अनि सुन्दर पिकनिक स्पोट । ब्यबस्थित टेबल कुर्सी र ओत लाएर बस्न मिल्ने । चारैतिर आँखा डुलाए निलो सफा लेकको दृश्यले मनै लोब्याउने । फट्टफुट्टा गर्दै आउने क्रम झारी थियो अमेरिकन ताम्सालिङ ह्यूलका ङेनकोरहरु । सुर्य मोक्तान भाईले हेल्लो बिकु दाई भन्दै ईशारा बर्षाए । टेबलमा बस्नसाथ कोल्ड ड्रिन्क्स र पानीले स्वागत गरे । छोरा अभिषेक बिल्कुल नौलो अनुभव गर्दै गरेको प्रष्टै देखिन्थे । सेलो धून बज्दै थिए । सबैजना मेसो मिलाउन ब्यस्त थिए । सुर्य मोक्तान भाईले तामाङ खेन रिम्पोछेलाई परिचय गराइदिए । सबैजनाले आ – आफ्नो घरबाटै खानेकुराहरु फरक फरक परिकारमा ल्याएका थिए । हामी बाउ छोरा मात्र भएकाले छुटमा परे। फुला आङाको रिङ्ग बज्यो मोबाइलमा । हामी पुगिसकेको जानकारी गरे । करिब आधा घण्टापछि पुरानो चिनजान पर्यटन पेशामा नेपाल हुँदा सँगसँगै भइरहने अभिन्न मित्र सम्धी जित बहादुर तामाङ अमेरिका आएपछि जेबी नामले परिचित आङा फुलालाई लिएर आइपुगे । भौगोलिक हिसाबले पनि हामी काभ्रे जिल्लाकै प्रचलित तेमाल वारीपारी । आङा फुला घिसिङ र मेरो हजुरआमा दिदी बहिनी । म ठुली हजुरमाको नाती उनी कान्छी हजुरआमाको नातिनी । थरको हिसाबले म वाइबा र फुला घिसिङ परे पनि हामी निकट्तम दाज्यु बहिनीको प्रगाढ साईनो सम्बन्ध । ज्वाँइ सुर्य तामाङ भने कार्य ब्यस्तताले आउन सकेन । तङ्रिदै थिए बातावरण र माहौल । आफन्तजन इष्टमित्रहरु भने आउने क्रम जारी नै थिए । विश्व महामारी कोभिड १९ का कारण भेटघाट एवम बिभिन्न कार्यक्रम स्थगन थिए । डालास तामाङ समुदायले अमेरिका टेक्सास राज्यको डालासमा विगत लामो समयदेखि बिभिन्न पेशा ब्यापार अध्ययनमा संलग्न छरिएर बसेका तामाङहरुलाई एकतावद्द गराइ ल्होछार एवम मौलिक पर्वहरु मनाउने र दु:ख सुखमा जमघट गर्ने परम्परा बसालेका थिए । यसै शिलशिलामा लामो अन्तराल पछिको एउटा सुन्दर कार्यक्रम थिए । सबैजनाले खाना खाइसकेपछि टेक अ ब्रेक भन्दै केही समय सुर्य भाईको नेतृत्वमा रमाइलोकासाथ पालैपालो इच्छुकहरुले र्याफ्टिङ गरे । सुसेल्दै होहल्ला गर्दै र्याफ्टिङको मजा लिन चुकेन धेरैजना ।
एउटा छुट्टै आनन्दको कार्यक्रम थियो र्याफ्टिङ यानकी जलयात्रा । लेक छेउको एउटा टेन्टमा रहेका सानो जातको कुकुरको छाउरो पनि भुक्नै ब्यस्त थिए । लेकको बतास सँगसँगै माधुर्य बातावरणले पनि लुकामारी खेलिरहे । हत्त न पत्त माइक लिदै सुर्य मोक्तानले सबैजनालाई ध्यान केन्द्रित गराए । बिगत लामो समयदेखि स्थगन भेटघाट कार्यक्रमको बारे उनैले प्रष्टाए । आफूलाई लागेको केही भनाइ राखिदिन कवि निर्मला राई तामाङलाई निम्ताए । कवि निर्मला राई तामाङले यो मेरो अनुभव होइन भन्दै आफ्नै श्रीमान छिरिङ लामा तामाङसँग भएको सम्वाद काभ्रे तेमालको भौगोलिक अवस्था र बातावरणिय सुन्दरतालाई कवितामै प्रस्तुत गरे ।
झलल हिमाल
मन आज उडदै गयो मेरो गाउँ तेमाल
आँगनैबाट देखिन्थो सुन्दर झलल हिमाल
बिहानी पख उठेर दैलो उघारी
आँगनमा देखिने स्वर्गिय सुन्दर बिहानी
उठेर ओछ्यानबाट जब हेर्थे म परपर
सिरक जस्ता हुस्सु र वादल खुलेका तपतप
मेरो वाल्य मन सोच्थे त्यही वादल चढी
उड्दै जाउँ हावासँगै हिमाल पारीपारी
कति रमाइलो थियो त्यो दृश्य
जव मेरी आमाले दैलो उघार्थिन
कुखुरी समेत खुशीले पखेटा फटफटाउँदै
चरी जसरी उढ्न खोज्थिन
गोठबाट निस्किन्थे बुर्कुसी मार्दै बाख्राका पाठाहरु
नयाँ दिनको स्वागत गर्थे
कुखुरी काँ भन्दै भालेहरु
बिस्तारै बिहानी उजाकिएर
मुस्कान छर्दै जाने झुल्के घामको रापले
हिमाल सुनौलो बनाउने
सुन्दरीका दन्त लहर जस्ता मिलेका
गौरी शंकर हिमाल
काटेर चट्ट मिलाए जस्ता
खेतका गरा लाग्थे हरिया हिमाल
आँखा चिम्लिएर आज
सम्झिए ती सबैसबै मुटु न्यानो भयो
मन भरिएर परेली रुझे कतैकतै
जमिनले टाढा भएपनि
मन संधै शीतल दिने हिमाल
सबैभन्दा प्यारो छ मलाई मेरो जन्मभूमि नेपाल
मेरो प्यारो तेमाल ।
आफू जन्मेको भूमि र माटो कसलाई पो माया लाग्दैन ? कवि निर्मलाले सिंगो तेमाललाई कविता रुपी जीवन दिएको छ । कवितामा भौगोलिक परिवेश, बातावरण र सुन्दरतालाई भावनात्मक शैलीमा प्रस्तुत भएको प्रष्ट हुन्छ । जसमा वास्तविकता र उर्जा मिलेको छ । बाहुल्य रहेको तामाङहरुको घना बस्ती तेमाल । पहिले पहिले नेपालीकरणमा तिमाल लेख्ने चलन थियो तर हाल तामाङ लवजमा तेमाल नै कायम गरेको छ । यसर्थ अहिले तेमाल भनेर चिनिन्छ । तामाङ नेपालकै आदिवासी जनजातिहरूमध्ये एक हो । तामाङहरूको आफ्नै भूगोल, धर्म, इतिहास, भाषा, रहनसहन,भेषभूषा, सामाजिक संरचना, संस्कार एवं सांस्कृतिक परम्परा मुल्य र मान्यता रहेका छन् । तामाङहरुको साझा भूगोललाई ताम्सालिङ भन्ने गरिन्छ । तामाङहरु मुलत काठमाडौं उपत्यका र आसपासका जिल्लाहरू काभ्रेपलाञ्चोक, रसुवा, मकवानपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुलीमा बाक्लो बसोबास रहेको छ । जनसंख्याको हिसाबले चौथो स्थानमा पर्दछ । काभ्रेको तेमाललाई तामाङ राजा र्हिन्जेन दोर्जेको उदगम स्थलको रुपमा पनि चिनिन्छ । नेपाल बाहेक भारतको सिक्किम, दार्जिलिङ, आसाम, नागालैन्डका साथै भुटान र बर्मामा समेत तामाङहरूको बसोबास रहेको छ । एकात्मक शासन ब्यबस्थाले तामाङलाई वहिष्करणमा पारिएको ईतिहास जिउँदै छ । अव तामाङहरु शैक्षिक, सामाजिक, राजनितिक आर्थिक रुपमा सबल हुँदै आइरहेको छ । अमेरिका जस्तो प्रबासमा पनि तामाङहरु एकजुट भएर संस्थागतरुपमा आफ्नो रितिरिवाज, संस्कार र परम्परालाई जीवन्त र निरन्तरता दिदै आइरहेको छ । आम तामाङहरुको लागि गौरवको बिषय हो । आफ्नो अस्तित्व, पहिचान, संस्कार, परम्परा रीतिरिवाज संरक्षण सम्वर्द्दन हामी आफैले गर्नु पर्दछ । समयले पखेटा उचाल्दै थिए । काभ्रेका दुर्गम विद्यालयहरुमा पुस्तकालय स्थापना र साहित्यिक गतिविधीमा संलग्न जस्ता भूमिका बाँधेर मलाई पनि सुर्य भाईले मंचमा बोलाए । हाते माइक र साउन्ड सिष्टमको ब्यबस्था थियो । आफ्नै तामाङ भाषामा परिचयबाट शुरु गरे । धेरैले एकटकले सुनीबसे । हामी हाम्रो आफ्नै भाषा भएपनि संख्यात्मकले बोल्दैनन । एक त लिपी बिहीन, फरक ठाउँको फरक लय लवज र अर्को लाज मान्ने परम्परा पनि उत्तिकै छ । नयाँ जेनेरेशनहरुको सन्दर्भमा भन्नुपर्दा घरमा आफ्नो भाषा नबोल्ने, बिद्यालय र रम्पिष्ट बोर्डिङ स्कुलहरुरुमा मातृभाषामा पठनपाठन नहुनु नै प्रमुख कारकतत्व भन्दा फरक नपर्ला । अहिले राज्यले एकाद बिद्यालयहरुमा शुरु त गर्ने खोजेका छन औपचारिकता मात्र । हामीले प्रतिस्पर्दात्मक उठबस सभ्य र शिक्षित बन्ने दौरानमा आफ्नै अस्तित्व मेटाउन खोज्दैछौं । अब ढिलो नगरिकन जुनजुन भूगोलमा बसोबास रहेपनि आम हामी तामाङ अभिभावकहरुले आफ्नो सन्तान दरसन्तानलाई मातृभाषाप्रति रुची जगाएर र बिशेष प्राथमिकताका साथ घरबाटै शुरु गर्न जरुरी छ । होइन भने ईतिहासलाई सराप्दै पछुताउन वाध्य हुनेछ । मैले आफ्नै जिल्ला काभ्रेमा सामुदायिक विद्यालयहरुमा विद्यालय पुस्तकालय स्थापना औचित्य र विद्यालयमा पुस्तकालयको महत्वको बिषयमा अनुभव तामाङ खेन रिम्पोछेलाई नमन गर्दै सुनाए । अनि साहित्यमा समाहित रुची र आफूले लेखेका सोइनम यात्राोपन्यास, मृत्यु बिर्सिनेहरु कविता सङ्ग्रह र सपनाको ट्रान्जिटमा कविता सङ्ग्रहका बारे पनि सुनाउन चुकाएन । स्वदेश विदेशगरि ११ वटा देशहरुमा सोइनम बिक्रीबाट उठेको छ लाख बत्तिस हजार रकमले काभ्रेको श्यामपाटी कुरुगाउँ स्थित श्री नमोवुद्द आधारभूत विद्यालयमा सोइनम नामकै वालमैत्री विद्यालय पुस्तकालय स्थापना गर्न सफल भएको पनि सन्दर्भकै क्रममा सुनाए । हामी भुगोलको जुनसुकै कुनामा भएपनि अथवा स्वदेश वा विदेश जतारहे पनि जन्मादिने आमा वुवा र जन्मथलोलाई कदापी बिर्सिनु हुन्न भन्ने मान्यतामा विश्वास गर्छु । आफ्नो भाषा, संस्कार, परम्परा, रीतिरीवाज, जन्मदिने आमा वुवा र मातृभूमी प्रति सदैव जिम्मेवारी कर्तब्य निष्ठ हुनुपर्दछ भन्ने यस आलेखको प्रमुख उद्देश्य हो भन्छु । मन्तब्य सकिन साथ एकजना नानीले मुसुराउँदै राजन पनि काभ्रेकै हो नि भने । अक्क न मक्क परे । हात समातेर अलि पर गएर । सविस्तार सोधे । काभ्रे मादन घर भनेपनि चिन्न सकिन । बुवाको नाम एल बी लामा घर हर्दन भनेपछि मेरै दाई लाल बहादुर वाइबाको छोरा रहेछ । सार्है खुशी लाग्यो फोन साटासाट पनि भयो ।
अन्तिममा तामाङ खेन रिम्पोछेलाई मन्तब्य राख्न आमन्त्रण गरे । मुडुलो टाउको रातो कालेजी वस्त्र सेतो पावारवाला चश्मा, शान्त मुहार खेन रिम्पोछेलाई मन्तब्यका लागि आमन्त्रण गरे । वक्ताको हिसाबले रिम्पोछे अन्तिम वक्ता थिए । बुद्द धर्मको बिषयमा सामान्य र सरल तरिकाले प्रस्तुत हुनुभयो । डालसको लामो बसाइ आफूले नेपालमा गरेका धार्मिक अभियानको बारेमा पनि स बिस्तार सुनाए । रिम्पोछेले काभ्रेको नाग्रे तिमाल महाभारत जस्ता बिकट क्षेत्रमा निरक्षर आमा दिदी वहिनीहरुलाई मणी मोलन (शान्ती पाठ) प्रशिक्षण दिदै आएको मन्तब्यको क्रममा सुने । एउटा महान अभियान अर्थात धर्मिक अभियन्ता । मनै शितल भो मेरो पनि । जसले निस्वार्थ रुपमा समाजमा धर्मको प्रचार भन्दा पनि जागरण अभियानको थालनी गरे । हामीले पनि निस्वार्थ मानव हितार्थ अभियानमा सहयोग गर्नुपर्दछ भन्ने लाग्छ ।
वौद्द दर्शन संसारकै प्रचलित दर्शन हुन, जसले मानव जगतको सृष्टी देखि मृत्युसम्मका अध्ययन अध्यापन गर्दछ । वौद्द धर्मको प्रमुख बिशेषता भनेको हत्या हिंसा, काटमार, चोरी डकैती, धुम्रपान, मध्यपान जस्ता मानव जीवनकै अभिष्ट र अभिन्न हुन । बुद्दको पञ्चशीलको सिद्दान्त प्राथमिक तहको अध्ययन देखि नै पढ्दै र सुन्द्दै पनि आएको हो । तर जति सामान्य लाग्छ उति नै जटिल पनि । तर समग्र मानव चेला यसैको सेरोफेरोमा छ ।
बौद्ध धर्ममा पञ्चशील
1) प्राणी हिंसाबाट टाढा रहने ।
2) झूठो बोल्नबाट टाढा रहने ।
3) चोरी नगर्ने ।
4) व्यभिचार नगर्ने ।
5) मध्यपान नगर्ने ।
गौतम बुद्दले प्राप्त गरेका ज्ञानलाई चार आर्यसत्य भनिन्छ ।
(१) सन्सारमा दुख छ
(२) दुखको कारण छ
(३) दुखको निवारण पनि छअर्थात दुखलाई हटाउन सकिन्छ र
(४) दुख हटाउने उपायहरु छन् ।
बुद्दका अष्टशील सिद्दान्त उपदेश वाणीहरु उत्तिकै लोकप्रिया छन । वास्तबमा बुद्दलाई भगवान भन्दा पनि दार्शनिक बुद्ध महामानव भन्छु म । भगवान त शायद अदृश्य होला । हाम्रो आत्म मनले मनन गर्ने हो । जसले समग्र मानव जाती र प्राणी जगतको कल्याणमुखी कार्य गर्दछ । उनै भगवान भन्ने लाग्छ । बुद्दद्वारा प्रतिपादन गरेका सिद्दान्तलाई नै हामीले ग्रहण र परिपालन गरेमा स्वत: बुद्दप्रदर्शक हुन्छ भन्ने लाग्छ । हुन त सिद्दान्त र व्यबहार एउटै सिक्काका दुइपाटा हुन । बिशेषत हामी बौद्दमार्गीहरुको प्रमुख प्रचलन के छ भने बौद्द समुदाय वा सम्प्रदायमा जन्मेका जो सुकै पनि बौद्द वा बुद्दिष्ट भन्ने गरिन्छ । यसमा पनि हामीले स्वयम सिद्द तथ्यलाई गहन रुपमा अध्ययन गरेर कसरी वर्गिकरण गर्ने भन्ने अहिलेको प्रमुख समस्या हो । बुद्ध धर्म या बुद्धवादका विशेषता छोटकरीमा हेर्ने हो भने अनात्मवाद अर्थात मानव शरीर सदाकालिक स्थायी हुन्न, अनिश्वरवाद, अरहस्यवाद, जाति र वर्गभेद, समान जिविका, संसार एउटै परिवार जस्तो हुनुपर्दछ, बहुजन हिताय बहुजन सुखाय, युद्धको अन्त्य गरी शान्तिको स्थापना भन्ने नै प्रमुख विशेषता मान्न सकिन्छ । बुद्धको जन्मभुमि नेपाल हो यसमा हामीले गर्व नगर्ने कुरै भएन । तर गर्व गर्ने लायकको हामी आफै हुनुपर्दछ । बुद्दले जतिको त्याग तपस्या गर्न नसक्ला तर बुद्द सिद्दान्त चाही सबैले व्यबहारिक रुपमा मनन गर्दा राम्रो ।
रिम्पोछेको मन्त्रमुग्द वचनले हामी सबैको ध्यान खिचिरहेको प्रष्टै थियो । आफूले गरेको कर्म र कार्यको स विस्तार पछि रिम्पोछे ओझेल परे । अन्तमा कार्यक्रम संचालक एवम प्रस्तुति सुर्य मोक्तान तामाङले डालास तामाङ सोसाइटीका अध्यक्ष छिरिङ्ग लामा तामाङलाई कार्यक्रम विसर्जन सहित आमान्त्रण गरे । कोरोनाको कारण डालास तामाङ समुदायले लामो समयसम्म भेटघाट र अन्य कार्यक्रम गर्न नसकिएको र अब बिस्तारै कार्यक्रमहरु पनि गर्दै जाने भन्दै छोटो मन्तब्य सहित अध्यक्षले अनौपचारिक कार्यक्रम बिसर्जन गरे । लगत्तै कार्यक्रम संचालक सुर्य मोक्तानले खेन रिम्पोछेको धार्मिक अभियानलाई आर्थिक सहयोगका लागि अनुरोध गरे । सबैजनाले आ आफ्नो इच्छानुसार झन्डै तिन हजार डलर दान गरे । खासगरी तामाङ परम्परामा दान गर्नु महापुण्य मान्दछ । समयको धून समयले नै गुनगुनाउँदै थिए । लेकको सिरेटो उस्तै उन्माद । सबैजना सेलोको धूनकै पर्खाइ मै थिए । छिरिङ्ग लामा टुङ्ना भिर्दै तम्तायर अवस्थामा थिए । त्यसैगरी जेबी लामाले आफ्नो स्वर टुङना र डम्फुको धूनमा मिठास तरिकाले मिसाए । भतिज राजन लामा वाइबा डम्फु बजाउदै साथ दिइरहेका थिए । बहिनी माया योन्जन, संग्राम लामा, सुनिता पाख्रिन लगायत सबैजना कम्मर मर्काउन थाले । पक्कै पनि सेलोमा हामी तामाङहरुको अस्तित्व र पहिचान गाँसिएको हुन्छ । टेक्सासराज्यमा घाम पनि अवेरसम्म बाँचिरहदो रहेछ । सेलो, डम्फु र टुङनाको धून सँगसँगै अमेरिकामा ताम्सालिङ बचाइ राखेको प्रत्यक्ष देखे । प्रबासमै रहेपनि अनन्तकालसम्म ताम्सालिङ बचाइ राख्नु भन्दै हार्दिक कामनाकासाथ सबैजना छुट्यौं ।