भक्तपुर । नेकपा एमाले केन्द्रीय सदस्य एवम् केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले आफू सचिवको दाबेदार रहेको बताएका छन्। युवा नेताको प्रतिनिधित्व गर्दै रामेछापका ढुंगेलले सचिव पदमा बलियो दाबी प्रस्तुत गर्न लागेका हुन्। विद्यार्थी राजनीति हुँदै ३ कार्यकाल केन्द्रीय कमिटीमा सदस्य बनेर संगठनात्मक जिम्मेवारी पूरा गरेका ढुंगेलले आफू सचिव पदका लागि योग्य र क्षमतावान् रहेकाले ११ औं राष्ट्रिय महाधिवेशनमा आफ्नो दाबी रहेको बताए।
ढुंगेलका अनुसार विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अनुभव नै सचिवका लागि प्रमुख आधार हो। ढुंगेल अनेरास्ववियुका पूर्वअध्यक्षसमेत हुन् भने राष्ट्रिय युवा परिषद्मा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका छन्। उनले विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका छन् ।
बिचार सहितको निष्ठाको राजनीति,नया पुस्ता प्रतिको बिश्वास, राष्ट्रिय स्वाभिमानको रक्षा र देश बिकासको रणनीति भन्ने युक्तिलाई स्थापित गर्न प्रतिनिधि सभाको निर्वाचनमा डेब्यु गर्ने तयारीमा रामेछापबाट एमालेका केन्द्रिय सदस्य माधव ढुङ्गेल छन। ढुङ्गेल युवा बिद्यार्थीबिच बैचारिक एवम सालिन नेताको छवि बनाउन सफल छन।
ढुङ्गेलको जिवनी
नाम : माधव प्रसाद ढुङ्गेल
स्थायी ठेगाना: खाँडादेवी-५, रामेछाप
हाल : भक्तपुर
अनुभवहरु:
संस्थाको नाम : युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद, नेपाल
पदको नाम: कार्यकारी उपाध्यक्ष
समय अवधि: २०७२ फाल्गुन देखि २०७८ असोज
मुख्य भूमिका र जिम्मेवारीहरू:
• नेपाली युवाहरूको एजेन्डाको नेतृत्व,
• युवा नीति र तदनुसार कार्यान्वयन नेपाल सरकारलाई बजेट विनियोजन गर्न सुझाव,
• युवा सशक्तिकरणको लागि कार्यक्रम डिजाइन,
• युवा सञ्जाल निर्माण र परिचालन,
• युवा उद्यमशीलता बिकास र तालिम,
• सहुलियतपूर्ण कर्जा,
• नमुना युवा संसद अभ्यास,
• एक शिक्षण सस्था एक उधम(पढ्दै कमाउने कार्यक्रम),
• युवा नवप्रवर्तन केन्द्र स्थापना,
संस्थाको नाम : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
पद: केन्द्रीय समिति सदस्य
समय अवधि: २०७१ असार पछि
मुख्य भूमिका र जिम्मेवारीहरू:-
• पार्टीको सक्रिय कार्यकर्ताको भुमिकामा भएको,
• रिटर्नी माइग्रेनको स्थापना र पार्टीको जनसंगठनको रुपमा स्थापित गर्न मुख्य भुमिका,
• पार्टीमा युवाहरूलाई रचनात्मक कार्यमा संलग्न गराउन भुमिका,
• युवा र विद्यार्थीहरु गतिशील र प्रभावकारी बनाउन विशेष कमिटीहरु निर्माण,
• पार्टीलाई लोकतान्त्रिक ढंगले सञ्चालन गर्न दिशानिर्देश गर्न भुमिका,
• शैक्षिक र व्यावसायिक युवाहरूलाई पार्टीमा जोड्न पोलिसी निर्माण,
• अन्य संस्थाको नाम: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
पद: अध्यक्ष
समय अवधि: २०६७ भाद्र देखि २०७० भाद्र
मुख्य भूमिका र जिम्मेवारीहरू:
• युवा र विद्यार्थीका मुद्दाहरूलाई एकीकरण गर्ने,
• प्रथम बिधान अधिवेशन तथा शैक्षिक सम्मेलन
• CTEVT, पुर्वान्चल,पोखरा,काठमाडौ बिश्वबिधालय तथा निजि क्याम्पसहरुमा संगठन बिस्तार गर्न नेतृत्व,
• बिद्यार्थीहरुलाइ रचनात्मक गतिविधिमा कृयाशिल,
• नेपालको माटो सुहाउँदो ब्यबहारिक शिक्षाको ब्यबस्थापनका लागि सम्बन्धित निकायसग समन्वय
• शिक्षाको नीति निर्माणमा संलग्न,
• बिद्यार्थीहरुको मुद्दाको समाधानका लागि नेतृत्व
राजनीतिक यात्रा:-
• २०४६ सालमा अनेरास्ववियु प्रा.क. सचिव
• २०४८ सालमा अनेरास्ववियु जि.क. सदस्य
• २०५० सालमा अनेरास्ववियु जि.क. उपाध्यक्ष
• २०५३ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष
• २०५४ सालमा अनेरास्ववियु अन्चल कमिटी सदस्य
• २०५६ सालमा अनेरास्ववियु नेपाल ल क्याम्पस सचीव
• २०५६ सालमा अनेरास्ववियु नेपाल ल क्याम्पस अध्यक्ष
• २०५७ सालमा अनेरास्ववियु रा.प.स.
• २०५७ सालमा अनेरास्ववियु केन्द्रीय सदस्य
• २०५९ सालमा अनेरास्ववियु केन्द्रिय सदस्य
• २०५९ सालमा अनेरास्ववियु बाग्मती अन्चल अध्यक्ष
• २०६१ सालमा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य
• २०६३ सालमा अनेरास्ववियु केन्द्रिय सचिव
• २०६५ सालमा अनेरास्ववियु केन्द्रिय महासचिव
• २०६७ सालमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष
• २०७० सालमा नेकपा एमाले बिधार्थी विशेष कमिटीको अध्यक्ष
• २०७१ सालबाट नेकपा एमाले केन्द्रिय सदस्यमा जिम्मेवारी निर्वाह गरिरहेको।
शैक्षिक प्रमाणहरू:
• Ph.D Scholar
संस्थाको नाम: त्रिभुवन विश्वविद्यालय
बिषय: नेपालमा समाजवादी शिक्षा प्रणाली
• MASTER’S DEGREE
संस्थाको नाम : १ पाटन बहुमुखी क्याम्पस,
२. त्रिभुवन विश्वविद्यालय प्राप्त डिग्री: १. M.A. समाजशास्त्र (कलामा स्नातकोत्तर)
२. M.A. राजनीति विज्ञान
प्रमुख विषयहरू: १. सामाजिक दर्शन र अभ्यास
२. राजनीतिक दर्शन र अभ्यास
• BACHELOR’S DEGREE
संस्थाको नाम: १. पाटन बहुमुखी क्याम्पस
२. नेपाल ल क्याम्पस
प्राप्त डिग्री: १. स्नातक
२. स्नातक
प्रमुख विषयहरू: १. अंग्रेजी साहित्य, राजनीतिक विज्ञान
२. अन्तर्राष्ट्रिय कानून
• PROFICIENCY
संस्थाको नाम: पाटन बहुमुखी क्याम्पस
प्राप्त डिग्री: मध्यवर्ती
प्रमुख विषयहरू: १.अंग्रेजी साहित्य, राजनीतिक विज्ञान
२.अर्थशास्त्र
• PCL
महेन्द्र मोरङ,बिराटनगरबाट आर.आर क्याम्पस,प्रदर्शनीमार्गमा स्थानान्तरण
• १-१०
• श्री प्रयागेश्वर मावी,पकरवास
पुरस्कारहरु :-
• World Youth Prize 2018 by International Youth Committee,
• Future Policy Silver Award 2019 by World Future Council
अन्य नेतृत्व: १.उत्कृष्ट नेतृत्व क्षमता,
२.कुशल संगठन तथा बैचारिक राजनीतिज्ञ,
३.समुदायको नेता,
४.युवाहरुको रोजाइको ब्यक्तित्व,
अन्य:
• नेपाल बार एसोसिएसनको सदस्य
• बौद्धिक तथा लेखक,
• स्पष्ट तथा प्रेरक बक्ता,

