आइतबार, असोज १८, २०८३

लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा-‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिए ।

संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीको भनाइ थियो ।साथै आगामी दिनमा हरेक सांसदले विषयवस्तुको गहन तयारी, विज्ञहरूसँग छलफल र जनताका मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक र प्रभावकारी उपस्थिति जनाउन समेत निर्देशन दिएको प्रमुख सचेतक ऐन महरले बताए ।

यसमा तपाईको प्रतिक्रिया