आइतबार, बैशाख ०६, २०८३

टोकियोमा परदेशी गायक सूर्य खड्कालाई‘बाग्लुङ रत्न’ सम्मान

जापान । बाग्लुङ समाज जापानले चैत्राअष्टमी मेला २०२६ को अवसरमा लोकगीत–संगीत क्षेत्रमा योगदान पुर्‍याएका परदेशी गायक सूर्य खड्कालाई “बाग्लुङ रत्न” सम्मान प्रदान गरेको छ।
जापान लगायत देश विदेशमा गायन क्षेत्रमा अब्बल खड़काले सम्मान ग्रहणपछि आफू अत्यन्त भावुक, खुसी र गौरवान्वित भएको प्रतिक्रिया दिएका छन्। उनले गीत–संगीतलाई आफ्नो जीवनको धड्कनका रूपमा लिँदै आएको उल्लेख गर्दै दर्शक–स्रोताको माया, समाजको विश्वास र अग्रजहरूको आशीर्वादले आफूलाई यहाँसम्म ल्याएको बताएका छन्।