शुक्रबार, असार ०१, २०८१

उमाको जवानीमा वैश चढेसी प्रकाशले ल्याईदिए रातो साडी

काठमाडौँ,३० असार । नारीहरुको महान पर्व तीजलाई लक्षित गर्दै गायिका उमा श्रेष्ठको तिज सांगीतिक कोसेली बजारमा आएको छ । नेपाली गीत संगीतमा निरन्तरता दिंदै आएकी उमा श्रेष्ठ र प्रकाश कटुवालको सुमधुर स्वर बैंस चढेको बोलको तिज गितले यतिवेला नेपाली वजारमा तहल्का मच्काएको छ ।

सोह्र सत्रको उमेर पछी कुनै पनि युवतीलाई जुनसुकै पहिरन लगाए पनि रुप झलमल्ल बलेको देखिँदो रहेछ क्यारे ११ यस गीतमा गायक प्रकाश कटुवालले गायिका उमा श्रेष्ठले पहिरेको साडीको प्रसंसा गरेका छन् । एस एस फिल्म्स प्रालिले बजारमा ल्याएको यस गीतलाई लय शब्द प्रकाश कटुवालले नै भरेका छन् । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि रोमात्तचक छ । भिडियोमा शंकर बिसी र नायिका रेजिना उप्रेतीले नृत्य रहेको छ । निर्देशन शंकर बिसीले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

 

https://youtu.be/D0e594fU1Xw