निशान राना ,सिजुओका । नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा स्याङ्ग्जा समाज सिजुओका र सिजुओका स्पोर्ट्स क्लबको सयुत्त आयोजनामा यही महिनाको ४ तारिक बुधवार हुने तीज फेस्टिवलको संपुर्ण तयारी पुरा भएको छ। सिजुओका स्थित ग्रानसिप हिगासीमा हुने उक्त कार्यक्रम दिउसो ३ देखि २१ बजे सम्म हुने जानकारी आयोजकले दिएका छन् ।
केही बर्ष यता जापानको सिजुओका शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको यस समाजले यस बर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपालका ख्याति प्राप्त कलाकारहरुलाई जापानमा आमन्त्रणा गरेका छन्।
उक्त कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका बरिष्ठ लोक दोहोरी गायक रामजी खाड ठकुरी ,नेपाली कला क्षेत्रका सुमधुर स्वरकी धनि गायिका समिक्षा अधिकारी र चर्चित लोक दोहोरी गायिका रुपा घर्ति मगरको बेजोड प्रस्तुति रहने छ भने स्थानिय कलाकारहरुको पनि थप प्रस्तुती रहने छ ।
सिजुओका क्षेत्रफलको हिसाबले सानो रहेपनि अासपासको
क्षेत्र हामामाचु ,आतामीबाट समेत दर्षकहरु आउने र अहिले सम्म ३सय भन्दा बढी टिकट बिक्रि भई सकेको जानकारी कार्यक्रम संयोजक कृष्ण के.सीले दिएका छन्।
हिगासी सिजुओका एकिबाट हिडेर मात्र १ मिनेटमा पुग्ने सकिने उक्त कार्यक्रममा आई तिजको सोभा बढाईदिनु हुन स्याङ्जा समाज जापान , सिजुओकाका अध्यक्ष मिलन अर्यालले हार्दिक अनुरोध गरेका छन्।