सोमबार, असोज २१, २०८१

टोकियोको नाकानो हलमा हुने तीज सांगीतिक फेष्टिवल २०२४ को तयारी पुरा

जापान । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्सी सेप्टेम्बर ३ तारिख टोकियोमा तीज सांगीतिक फेष्टिवल २०२४ भव्य सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाल जापान कल्चरल सोसाईटी र एकता कलेल्शन जापानको संयुक्त आयोजना नेपालको विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगार्थ तीज सांगीतिक कार्यक्रमको सम्पूर्ण जापान आए संगै तयारी पुरा भएको आयोजक एकता कलेल्शन जापानको सीईओ तेज थिंगले जानकारी दिनुभयो ।

जापानमा अध्ययन,पेशा व्यवसाय तथा अन्य विभिन्न उदेश्यले आउपुगेका नेपाली नारीहरुलाई तीजको अवसरमा घरदेश नभए पनि परदेशमै भएपनी तीजको तिर्सना मेटाउने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गर्न लागेको नेपाल जापान कल्चरल सोसाईटीका अध्यक्ष हरिलाल श्रेष्ठले बताउनु भयो ।

विशेष गरि महिला तथा विद्यार्थीहरुलाई मनोरंजन हुने गरि कार्यक्रम सेप्टेम्बर ३ तारिख मंगलबार टोकियो नाकानो जिरो हलमा साँझ ६ बजेबाट १० बजेसम्म आयोजना गरिएको एकता कलेल्शन जापानको सीईओ थिंगले बताउनु भयो ।

उक्त कार्यक्रमा नेपालबाट चर्चित गायक प्रताब दास, लोक दोहोरी गायिका उमा श्रेष्ठ, गायक कुमार कार्की र हास्यकलाकार अनिता बस्नेत(मास्टर्नी) र जापानमै रहेकी डांसर कामना मगर, दीपा थापा मगर लगाएतको स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने जनाएको छ ।

Program Venue
Date : 3 September 2024
Time : 5:30PM Onwards (Japan)
Adress: Nakano Zero Hall
2-9-7 Nakano, Nakano City, Tokyo
Contact: 080-6655-6877, 070-7470-7931, 080-7741-6444
टिकट : नर्मल- २,००० येन
विद्यार्थी : १,००० येन