जापान । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अबसरमा एनआरएनए जापान क्षेत्रीय समिती सेन्दाईले तिज बिशेष सास्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
बिगतको बर्षहरुमा जस्तै यो बर्ष पनि एनआरएनए जापान क्षेत्रीय समिती सेन्दाईले भोली आईतबार सेप्टेम्बर १ तारीख तिज बिशेष बृहत् सास्कृतिक कार्यक्रम आयोजना गरेको हो।
नेपालबाट ख्याति प्राप्त कलाकार गायिका उमा श्रेष्ठको साथमा सुरेन्द्र सुनार, सुरेश रावत लगाएतका कलाकारहरुको बिशेष सांगितिक प्रस्तुति रहने एनआरएनए जापान क्षेत्रीय समिती सेन्दाईका उपसंयोजक अनिल गिरीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सम्पुर्ण सेन्दाईबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बिगतको बर्षहरुमा जस्तै उत्साहपु्र्ण रुपमा उपस्थितिका लागी कार्यक्रम संयोजक सुनमाया तामाङले अनुरोध गरेकी छन ।


