बिहिबार, बैशाख १३, २०८१

तीज कोशेली यसपालिको तीजमा जापानको शहर सार्वजानिक

जापान,२९ असार । नारीहरुको पर्व तीजलाई लक्षित गर्दै प्रतिभाशाली सर्जक तथा संचारकर्मी स्मृती मोक्तान र समाजसेवी दिनेश गुरुङको तीज कोशेली “यसपालिको तीजमा जापानको शहर”बजारमा आएको छ।
बहुचर्चित गायक खुमन अधिकारी र शान्ति सुनारको सुमधुर आवाजमा रहेको गीतमा लय खुमन अधिकारीकै रहेको छ भने शब्द उनै संचारकर्मी तथा सर्जक स्मृती मोक्तान र दिनेश गुरुङको रहेको छ । जापान बस्दै आएका दिनेश गुरुङ र स्मृति मोक्तानको यो पहिलो तीज कोशेली हो ।स्मृती पत्रकारितामा पनि निरन्तर लागिरहेकी छिन ।अध्ययनको लागि जापान पुगेकी स्मृतीलाइ आफ्नो डांडा पाखाको झझल्को मेटाउने सोचाईको साथ् यो गीत बजारमा ल्याएको बताउछिन । ।गीतमा अभिनय चर्चित मोडल रश्मी तामाङ्ग र केशब भट्टराई ,निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ,बिष्णु शर्माको सम्पादनमा तयार भिडियोलाइ तिर्शना म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।