बुधबार, बैशाख १२, २०८१

चलचित्र म यस्तो गित गाउछु जापानको विभिन्न शहरमा प्रर्दशन हुने

जापान,२८ असार । नेपाली चलचित्र म यस्तो गित गाउछु जापानको विभिन्न शहरमा प्रर्दशन हुने भएको छ ।
ईजि इन्क रेमिढयान्सको प्रस्तुति र सनराइज प्रडक्सनको व्यवस्थापनमा चलचित्र जापानको विभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको हो ।

असार ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ुम यस्तो गीत गाउँछुु नेपालको साथमा विदेशका विभिन्न स्थानमा प्रदर्शनीमा आउने तयारीमा रहेको छ । यसै अनुसार जापानमा रहने दर्शकका साथसाथै प्रेमकथालाई मन पराउने र नेपाली चलचित्र प्रेमीहरुले चलचित्रबाट भरपुर मनोरञ्जन लिने कुरामा ढुक्क रहेको बताउछन् निर्देशक शुदर्शन थापा ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राणा लगायतका कलाकारको अभिनय रहेको छ ।