टोकियो । जनता समाजवादी पार्टी नेपालको प्रवास समिति नेपाली समाज जापनले जापानमा सक्रिय दुई पत्रकारद्वय फुर्वा शेर्पा र बिष्णु रोकायलाइ प्रमाण पत्र र नगद सहित सम्मान गरेको छ।
सुगामो स्थित राइनो किचिन नेपाली रेस्टुरेन्टमा ओखलढुंगा खिजिदेम्बा गाउपालिकाको प्रमुख गम्बु शेर्पाको प्रमुख आतीथ्यमा सम्पन्न “जापानमा नेपाली विधार्थीहरुको सुरुवाती संघर्ष र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम” अवसरमा सम्मान गरेको हो।
सोहि कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जापान (फोनिज) को अध्यक्ष समेत रहनु भएका आफ्नै न्युज डट कम का प्रधान सम्पादक फुर्बा शेर्पा र ग्यालेक्सी न्युज डटकम को संचालक बिष्णु रोकायलाइ जापानमा सक्रिय पत्रकारिता गर्नु भएको आधारमा नगद १०/१० हजार येनसहित सम्मान गरेको अध्यक्ष शिशिर लिम्बूले जानकारी दिनुभयो।
नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बु को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट पाल्नु हुने खिजिदेम्बा गाउपालिका प्रमुख गम्बु शेर्पा र वंहाको स्वकीय सचिव ल्हमु शेर्पा लाइ स्वागत कार्यक्रम, नेपाली समाज जापान ले प्रदान गरेको छात्रवृति विजेताहरुलाई प्रमाण पत्र वितरण साथै अध्यक्ष शिशिर लिम्बुबाट जापानमा अध्ययनरत नेपाली विधार्थीहरुको “ सुरुवाती संघर्स र अवसर बारे १० मिनेट को पावर पोइण्ट प्रस्तुति समेत रहेको थियो।
नेपाली समाज जापानका ईन्चार्ज सन्जिब राइले हाम्रो नजरमा सबै पत्रकार साथीहरु सक्रिय हुनु हुन्छ। हामीले हेरी रहेका छौं। सबै प्रति बराबर सम्मान छ। समय र सन्दर्भअनुसार हामि सबै लाइ प्रोत्साहन गर्ने उदेश्य राखेको बताए।
त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि एबम जनता समाजवादी पार्टी नेपाल को केन्द्रिय सदस्य गम्बु शेर्पाले जापानमा आउदा पार्टी को बौद्धिक एबम जुझारु साथीहरु संगै बसेर विचार आदान प्रदान गर्न पाउदा आफुलाई खुशी लागेको बताउनु भयो।