सोमबार, असोज २१, २०८१

विश्व नेपाली साहित्य महासंघको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा रविन्द्र दिखुक्पा

जापान । विश्व नेपाली साहित्य महासङ्घ ”विनेसाम” जापान शाखाको तेस्रो अधिवेशन तथा अक्षरा-२ को विमोचन सम्पन्न भएको छ ।
आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डौं लाउन्ज एण्ड बारको सभाहलमा भएको कार्यक्रममा विनेसाम जापानको तेस्रो अधिवेशन तथा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचन संगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनले रविन्द्र दिखुक्पाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।
नयाँ कार्यसमितीको अध्यक्षमा रविन्द्र दिखुक्पा, उपाध्यक्षमा विमान किराँती, शिवराज साम्पाङ राई र प्रमिला राई, महासचिव विजय स्याङबो, सचिव गंगा गगन, सह-सचिव सयपत्री थुलुङ, अर्थ सचिव राम चन्द्र न्यौपाने, अर्थ सह-सचिव प्रविन लामा रहेका छन् ।
त्यस्तै सदस्यहरूमा दिलीप राई, उमेश तिमल्सिना, शंकरहरि राई, राजन घले, सम्झना चाम्लिङ, प्रमोद श्रेष्ठ, उदय राणाहोछा र कुविर लामा गरि १७ सदस्यिय कार्यसमितीको घोषणा गरेको छ भने पछि २ जना सदस्य थप्ने गरि १९ सदस्यीय कार्यसमिती हुने जनाएको छ ।
नेपाली राजदूताबास जापानका महामहिम राजदूत डा• दुर्गा बहादुर सुवेदी प्रमुख अतिथ्यता रहेको कार्यक्रममा अन्य अतिथीहरू नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानका महासचिव प्रमिला राई, पूर्वी विकास नेपाल सहकार्य केन्द्रका उपाअध्यक्ष पेम नुरी शेर्पा, नेपाली भाषाका ज्ञाता तथा साहित्यकार हारूहितो नोजु, अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, साहित्यिक चौतारी नेपालका संरक्षक/ सल्लाहकार तथा निवर्तमान अध्यक्ष अमरदेव बास्तोला, नेपाल चेम्बर्स अफ कमर्शका अध्षक्ष तथा कानुनविद् डा• बलराम श्रेष्ठ रहेका थिए ।

त्यसैगरि एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरी, अनेसास जापानका उपा-अध्यक्ष दिपा घिमिरे, साहित्यिक चौतारी नेपाल जापान शाखाका सचिव सारदा पाण्डे, जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी, किरात याक्थुङ चुम्लुङका प्रतिनिधी तथा सदस्य विष्णु आङदाम्मे लगायतका अतिथीहरूको उपस्थिती रहेको थियो ।