टोकियो,२७ असार । रत्तदान जिवन दान भन्ने मुल नाराका साथ विश्व साईकल यात्रा सुरु गेरेका दुई यात्रि जापान आई पुगेका छन् ।
पर्वत जिल्ला पाङग्राङ ४ का भेषराज कडेँल र झापा कंन्काईका युवराज मैनालि विभिन्न १५ देशको यात्रा पछि १६ औ देशको रुपमा जापान आई पुग्नुभएको हो ।
विश्वलाई रत्तदानको सन्देश दिने उद्धेश्यले ६ महिना अगाडिबाट यात्रा सुरु गर्नुभएका कडेँल र मैनालिले रगतको अभावमा विश्वभर कसैले ज्यान गुमाउनुपर्ने अवश्था नआओस भन्ने आफुँहरुको उद्धेश्य भएको बताउनुभयो ।
रक्तदान जिवन दान भन्ने मुल नाराका साथ यात्रा सुरु गरेको बताउदै मैनालिले ६ महिनाको अवधिमा, भारत, श्रीलंका, बंगलादेश, माल्दीपस, म्यानमार, भियतनाम, कम्बोडिया, लावोस, थाईल्याड, मलेसिया, सिंगापुर, बु्रनाई, इन्डोनेसिया, फिलिपिन्स, ताईवानको सफल यात्रा गरेको बताउनुभयो ।
रक्तदान पछि दान गर्ने व्यक्ति कमजोर हुन्छ भन्ने मानसिकता रहेको बताउदै २५ पटक रक्तदान गरीसकेका मैलालिले भन्नुभयो रक्तदानका बारेमा रहेका भ्रम चिर्नका लागि समेत विश्व साईकल यात्रा फलदाई हुने छ ।
६ महिनाको अवधिमा १६ देशको यात्रा गरि सक्नु भएका उहाँहरुले ५ वर्षको अवधिमा १ सय ५० दैशको यात्रा गर्ने योजना रहेको साईकल यात्रि कडेँलले बताउनुभयो ।
विश्व साईकल यात्रा सुरु गर्नु पुर्व नेपालका अधिकांश जिल्लाका साईकल बाट यात्रा गरिसकेको उहाँहरुको भनाई रहेको छ ।
साईकल यात्राको प्रमुख उद्धेश्य रत्तदान रहेपनि यात्राका क्रममा बुद्धको देशमा भ्रमणका लागि निम्ता दिएको र देशको पर्यटन प्रद्धनमा समेत टेवा पुगोस भन्ने आफुँहरुको चाहाना रहेको बताउनुभयो ।
@अर्जुन लामिछाने