आइतबार, माघ १३, २०८१

तमु धीं जापानको २६ औँ रोधी साँझमा गायिका तृष्णा गुरुङ आउने, प्रचार तिव्र

जापान । गायिका तृष्णा गुरुङ २६ औँ रोधी साँझका लागि जापान आउने भएकी छन् । भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङको ‘माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित रहेका छन् ।

अगष्ट १८ तारिख आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने गुरुङको कार्यक्रम सिन्जुकु वार्पमा हुने आयोजक तमु धीं जापानका अध्यक्ष हिमाली गुरुङले जानकारी दिनुभयो । नेपाली संगीतकर्मीका रुपमा बेलायतको रोयल अल्बर्ट हल मा समेत प्रस्तुति दिइसकेकी गुरुङका गीत युवा पुस्तामाझ चर्चित छन्। उनको ‘हस्की’ स्वर स्रोतामाझ लोकप्रिय छ।

विगत तिन दशक देखि गुरुङ एवं जापानबासी नेपालीहरु विच सहकार्य गर्दै आईरहेको तमु धीं जापानको आयोजनामा रोधीं सा२झको २६ औ श्रृङ्खला हुन लागेको हो। तमु धीं स्थापनाको ३ दशक एवं रोधी साँझ २६औँ पटक सम्म सफलता पूर्वक आयोजना गरेको अवसरमा तृष्णा गुरुङका शुभचिन्तकहरुलाई तमुधीं जापानले जापान मनि ट्रान्सफरको सहकार्यमा रोधी साँझको टिकट लिने दर्शकलाई ५ सय येन फिर्ता दिने योजना बनाएको कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिनुभयो ।

रोधी साँझको टिकट लिएपछि व्ःभ् सेवा डाउनलोड मार्फत ५ सय येन सहित हरेक पटक पैसा पठाउदा २०५ बोनस पोइन्ट्स तथा एक जना साथिलाइ परिचय गराए बापत थप ५ सय बोनस पोइन्ट्स प्राप्त गर्न सकिने बताईएको छ।
JME रेमिट APP रजिस्टर गर्दा REF CODE: TOK004151 राख्नुहोला | जेएमई एप्लिकेशन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस्:
https://onelink.to/w2cvat
रोधी साँझको टिकट अनलाईनबाट पनि लिन सकिनेछ। अनलाईनबाट टिकट लिनका लागि पोस्टरमा रहेका क्युआर कोड(QR Code )बाट अथवा यस लिंकको मार्फत गर्न सकिनेछ।
अनलाईन टिकटका लागि यहाँ क्लिक गर्नुहोस्
https://dcticketing.com/event/ou-rathha-sajhatirshana-gurung-live