टोकियो,२६ असार । जापानमा स्थापित पुरानो संस्थाहरु मध्येको तमु धि जापानले वार्षिक कार्यक्रम अन्तर्गत रोधि सॉझ यहि अगस्ट १५ तारिक मगलबार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा हुने भएको छ ।
तमुधि जापानका अध्यक्ष श्रीभक्त गुरुङका अनुसार गुरुङ समुदायमा रहेको संस्कृतिक पर्व रोधिको महत्वलाई जापानमा रहेका नेपालि समुदायसग साटने र जापानमा रहेका नेपालि समुदायका विच सदभाव विकासका लागि सधैको वर्ष झै यस बर्ष पनि रोधि सॉझ आयोजना गरिएको बताउनु भयो ।
यस वर्षको रोधि सॉझमा नेपालि युवाहरुको ढुकढुकी धर्मेन्द्र सेवान र तृष्णा गुरुङको सांस्कृतिक प्रस्तुत रहेने भएको छ । धर्मेन्द्र सेवानले यस पटकको कार्यक्रम उनका बाबुको चर्चित गित रेशम फिरिरि लगायतको गितहरु प्रस्तुति रहेने भएको छ । सेवान पोखरेली स्रस्टा बुद्धि बहादुर परियरका छोरा हुन । तृष्णा गुरुङ भने आष्टेलियाको कार्यक्रम पछि जापान आउने छन ।
तमु धीं जापानको वार्षिक कार्यक्रम “रोधीं साँझ २०१७” अगस्ट १५ मंगलवार मेगुरो कुमिन सेन्टरमा सॉझ ५ बजेबाट हुने कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले जानकारी दिनु भएको छ ।