बिहिबार, साउन १०, २०८१

एनआरएनए जापान कान्तोको संयोजकमा सर्वसहमति नवीन न्युरे

टोकियो,२६ असार । गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको ५ औ अधिवेशनबाट संयोजकमा नवीन न्युरेलाई चयन गरेको छ ।
आईतवार टोकियोस्थित मेगुरो कुमिन सेन्टर सम्पन्न भएको अधिवेशनवाट रविन शर्मा र आकाश लामा सचिवमा अनुजराज kantoक्षेत्रि,कोषाध्यक्षमा राकेश रुम्वा ,सदस्यहरुमा केशव प्रसाद पौडेल,सुनिता महर्जन ,यादव केसी,कृतन वहादुर थापा,अखिल लामा ,अनिल पन्त,पूजन लामा  चयन भएक छन् भने सहसचिवमा दिपेश खत्रीलाई सहमति जुटाए पनि ३ जनाको आकाक्षा भएपछि विवाद भएको थियो । साथै घोषणा सभामा केहि विवाद भए पनि सहमतिमा घोषणा भएको निर्वाचन समितिको संयोजक शालिकराम भण्डारीद्वारा मातृ सन्देशलाई जानकारी दिनुभयो ।
अधिवेशनमा जापानस्थित टोकियोवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।