शुक्रबार, मङि्सर २१, २०८१

टोकियोमा सेप्टेम्बर ३ तारिख तीज सांगीतिक फेष्टिवल २०२४ हुने

जापान। नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा NPO 法人धादिङ समाज जापान र नेपाल जापान कल्चरल सोसाईटी(नेजाक्स) ले आउँदो सेप्टेम्बर ३ तारिख टोकियोमा तीज सांगीतिक फेष्टिवल २०२४ भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
जापानमा अध्ययन,पेशा व्यवसाय तथा अन्य विभिन्न उदेश्यले आउपुगेका नेपाली नारीहरुलाई तीजको अवसरमा,घरदेश नभए पनि परदेशमै भएपनी तीजको तिर्सना मेटाउने प्रयासस्वरुप समाजले यो कार्यक्रम आयोजना गर्न लागेको समाजका अध्यक्ष श्यामहरि तिम्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रम सेप्टेम्बर ३ तारिख मंगलबार टोकियो नाकानो हलमा साँझ ५:३० बजेबाट १० बजेसम्म आयोजना नेपाल जापान कल्चरल सोसाईटी(नेजाक्स) का अध्यक्ष हरिलाल श्रेष्ठले बताउनु भयो ।

यस पटकको कार्यक्रमा चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी, गायक अमृत खाती लगाएत अन्य जापानका स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने कार्यक्रम संयोजक सुजाता दुवाडीले जानकारी दिनुभयो ।

टोकियोमा सेप्टेम्बर ३ तारिख तीज सांगीतिक फेष्टिवल २०२४
Date : 3 September 2024
Time : 5:30PM Onwards (Japan)
Adress: Nakano Zero Hall
2-9-7 Nakano, Nakano City, Tokyo
Contact: 080-6655-6877, 070-2150-5660