बुधबार, बैशाख १९, २०८१

तिजको म्यूज़िक भिड़ियो मै नाच्छु सार्वजनिक

ललितपुर,२३ असार । नेपाली नारीहरूको महान पर्व तीजको अवसरमा तीजको गीत आऊनेक्रममा मै नाच्छु कोहि नाच्न पाउदैन भन्ने बोलको गीतको म्यूज़िक भिड़ियो सार्बजनिक भएको छ ।

चर्चित गायिका मुना थापा मगर र खेम भण्डारीको आवाजमा रहेको उक्त गीत घनश्यम पहरी र आशिष लामाको रहेको शब्द संकलन रहेको छ ।
रामेछाप जिल्ला खाडदेबी गाउपालिका पिङ्खुरी सर्जक तथा गायक घनश्याम पहरी र धादिङ थाक्रेका आशिष लामाको सयुक्त तिजको गीति एल्बम मै नाच्छु कोहि नाच्न पाउदैन भन्ने बोलको भर्खरै सार्बजनिक भएको  हो । जस्मा शब्द घनश्यम पहरी र आशिष लामाको रहेको छ भने यो गितको लय सिर्जना गरेका छन किसन गाहा मगरले र यो गितमा स्वर चर्चित गायिका मुना थापा मगर र खेम भण्डारीको आवाजमा रहेको छ ।

यो गीतमा मोडल तथा गायक खेम भण्डारी र रिना थापा मगरको अभिनय देख्न सकिन्छ ।
उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने बाशु बरालले छायांकन गरेका छन्। उक्त भिडियोलाई अनुप बिक्रम सिवाकोटीले सम्पादन गरी कामना डिजिटल प्रालिले बजारमा ल्याएको छ ।

https://youtu.be/l_cGvFDEJpQ