काठमाडौं । जिम्बा फिल्म् प्रालिको १३ औं प्रस्तुतिमा पेमा लामा योञ्जनको तामाङ चलचित्र मायाला घ्रान ( मायाको कसम ) को नयाँ गीत “चुलबुल चुलबुल तला चुसेम” सार्वजनिक भएको छ।
ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको गीतमा पेमा लामा योन्जन र अबिना गोलेको शब्द रहेको छ भने निर्देशक निमा लामा तामाङको संगीत छ । चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाज रहेको उक्त गीतमा नायिका अबिना गोलेको अभिनय देख्न सकिन्छ ।
चलचित्र मायाला घ्रानको निर्देशक निमा लामा तामाङ हुन् भने कथा पटकथा कृष्ण लामाको रहेको छ । सुर्य लामाले छायांकन रङ्गरोगन गरेको चलचित्रको सम्पादन बिश्वास भन्डारीले गरेका छन् । नायक कृष्ण लामा, नायिका अबिना गोले ,सुन लाल वाईवा आशिष रुम्बा, छिरिङ मोक्तान र प्रमिला थिङ लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन्। चार वटा गीत समाबेश भएको माया प्रेमसँग सम्बन्धित चलचित्र मायाला घ्रान” साउन १९ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ।
https://youtu.be/81hrU6jK6n0