मङ्गलबार, चैत ११, २०८१

टोकियो महानगर मेयरमा तेस्रो कार्यकालको लागि कोईकेको दाबी

टोकियो । जापानको राजधानी रहेको टोकियो महानगरको निर्वाचनमा वर्तमान गभर्नर युरिको कोईकेले पुन: उम्मेदवारी दिने घोषणा गरेकी छन । आगामी जुलाई ७ तारिख हुने चुनावमा तेस्रो कार्यकालको लागि कोईकेले उम्मेदवारी दिने घोषणा गरेकी हुन ।

कोइकेले बुधबार टोकियो महानगरपालिकाको पूर्ण बैठकमा उक्त घोषणा गर्दै भनिन् घट्दो जन्मदर, प्राकृतिक प्रकोपको तयारी, साथै महिला सशक्तिकरण र डिजिटलाइजेसन जस्ता धेरै समस्याहरू सम्बोधन गर्न बाँकी रहेकोले बाँकी काम पुरा गर्न पुन: दोहोर्याउन चाहेको बिचार व्यक्त गरिन।
कोइके स्वतन्त्र भएर चुनाव लड्ने योजनामा ​छिन् । उनले पत्रकारहरुलाई आफ्नो चुनावी मञ्च कम्पाइल गरेर छिट्टै रिलिज गर्ने बताइन् । ७१ वर्षीया कोईकेको जन्म ह्योगो प्रिफेक्चरमा भएको थियो र उनले न्यूजकास्टरको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। उनले १९९२ मा माथिल्लो सदन चुनावमा आफ्नो पहिलो डाइट सीट जितेकी थिइन । पछि उनले लगातार आठ कार्यकाल तल्लो सदनको सदस्यको रूपमा सेवा गरेकी थिइन् । उनी सन् २०१६ मा टोकियोको गभर्नरमा निर्वाचित भएपछि लगातार उक्त पद सम्हालिरहेकी छिन् ।
मुख्य सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी, यसको गठबन्धन साझेदार कोमेइतो र क्षेत्रीय तोमिन फर्स्ट पार्टीले कोइकेलाई समर्थन गर्ने विचार गरिरहेका छन् ।
संवैधानिक लोकतान्त्रिक पार्टी, जापानी कम्युनिष्ट पार्टी र सोशल डेमोक्र्याटिक पार्टीले रेन्होलाई समर्थन गर्ने योजना बनाएका छन् । रेन्हो माथिल्लो सदन सांसद हुन ।

अहिलेसम्म बलिया उम्मेदवारका रुपमा चार जनाले चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । अहिलेसम्म टोकियो महानगर प्रमुखका ४ दर्जनले उम्मेदवारी दिन चाहेका छन।