सोमबार, भदौ २४, २०८१

टोकियोमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

जापान । देश समृद्धशाली बनाउन प्रवासीले कस्तो भूमिका समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका”विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइतवार टोकियोमा एक भव्य जापानवासी नेपालीहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
जापानका लागि पूर्व नेपाली राजदूत,शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा केदारभक्त माथेमा,बिबिसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहेका पत्रकार रवीन्द्र मिश्र,टेलीभिजन पत्रकार प्रेम बानियाँ,प्राध्यापक डा.कमल लामीछानेको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

दिगो विकासका लागी पारस्परिक मैत्री समूह जापान अन्तर्गत समृद्ध नेपाल निर्माण अभियान जापानको आयोजनामा समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जापानका लागी पुर्व राजदुत समेत रहेका माथेमाले जापानको प्रगति स्रोत र पैसाले नभएर संस्कारले बनेकोले समयमै काम गर्ने संस्कार र मिहिनेत गर्ने बानी, ईमानदारीता, कामको सम्मान गर्नाले नेपाल पनि बिकसित देश बन्न समय नलाग्ने बताए । कार्यक्रममा बिबिसी नेपाली सेवाका पुर्व प्रमुख तथा पत्रकार रबिन्द्र मिश्रले सकिन्छ भने दक्ष युवालाई छिटो देश फर्कन अनुरोध गरेका छन् ।

नेपालको पहिलो दृष्टिबिहीन विधावारिधि गर्ने व्यक्ति चुकुवा विश्वविद्यालयका प्राध्यापक डा. कमल लामिछानेले स्वयम आफैसंग ईमान नहुनेले अरुसंग ईमानदारि बन्न नसक्ने बताउदै सबै नेपालीहरु पनि स्वयम आफु ईमान्दारि भएर हरेक पेशा र कामलाई सम्मान गर्न अनुरोध गरे । त्यस्तै चर्चित टेलिभिजन पत्रकार प्रेम बानियाँले विदेशमा रहेका नेपालीलाई अब ज्ञान , सिप र क्षमता भएका नेपाली नेपाल फर्क या आमालाई संझेर घर फर्क जस्ता अभियान सुरु गर्नुपर्ने बताए । दुई चरणमा सम्पन्न कार्यक्रममा – सुरुमा चारै जना वक्ताले संबोधन गरे र त्यसलगत्तै दर्शकहरुको प्रश्नको जवाफ दिने गरि अन्तरक्रिया सम्पन्न गरिएको हो । ५ सय जनाको सिट रहेको नाकानो जिरो हलमा सिट क्षमता भन्दा बाक्लो उपस्थिति रहेको थियो । विशेष गरि टोकियोमा सास्कृतिक कार्यक्रममा बाक्लो सहभागीता हुने गरे पनि आईतबारको कार्यक्रममा बौद्दिक तथा विद्यार्थीहरूको जमात धेरै थियो । वैदेशिक लगानी उच्च स्तरीय समन्वय तथा अनुगमन समितिका सदस्य तथा कार्यक्रम संयोजक महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सहसंयोजक दुर्गा बहादुर खत्रीले स्वागत मंतव्य , एनआरएन जापानका महासचिव अनुज थापाले विषयवस्तु प्रबेश र रिपोर्टस क़्लव नेपाल जापानका अध्यक्ष  जापानका अभियान्ता सन्तोष चोखालले कार्यक्रम संचालन गरेका थिए । दोस्रो चरणको अन्तरक़ीर्या कार्यक्रम सहजीकरण पत्रकार तथा एनआरएन आइसीसी सदस्य भूषण घिमिरेले गरेका थिए ।
भविष्यमा नेपालमा अत्यन्तै राम्रो काम गरेका कुलमान घिसिंग जस्ता व्यक्तिलाई जापान ल्याइ नागरिक अभिनन्दन गर्ने तयारी रहेको र यस्ता कार्यक्रम निरन्तर गर्ने योजना समेत रहेको कार्यक्रम संयोजक श्रेस्ठले बताए ।