टोकियो,१९ असार । एनआरएन जापानको सबै भन्दा बढ़ी सदस्यता रहेको कान्तो क्षेत्रीय कमिटिको संयोजक पदमा नबिन निउरे र सचिन श्रेष्ठको उम्मेदबारी परेको छ ।
निर्वचन समितिका संयोजक शालिकराम भन्डारीले दिएको जानकारी अनुसार संयोजक एक पदको लागि दुई जना नबिन निउरे र सचिन श्रेष्ठ, सहसयोजक दुई पदको लागि तिन जना अनुज राज क्षेत्रि, आकाश लामा, विनोद कार्कि, सचिव एक पदको लागि तिन जना रबिन शर्मा, भूपेन्द्र सापकोटा, विरोध जैसि, सहसचिव एक पदको लागि चार जना सुनील देबकोटा, विष्णु त्रिपाठी, दिपेश खत्री, गोविन्द सिंह, कोषाध्यक्षमा एक जना राकेश रुम्बाको मात्रै उम्मेबारी परेको छ । सदस्य सात पदकों लागि दश जना अविरल लामा, अमित आचर्य, द्रोण प्रताप केसि,केशब पौडेल, पुरजन लामा केशव सुबेदी,विष्णु सार्कि, कुष्ण बहादुर थापा, अनिल पन्त, सुनिता महर्जनको उम्मेदबारी परेको छ ।
एनआरएन कांतो क्षेत्रको २०१७-२०१९ कार्यकालको लागि जुलाई २ अन्तिम दिन निर्वाचन आयोगले १३ सदस्यीय कार्यसमितिको लागि २३ जनाको उम्मेदबारी परेको हो ।
निर्वचन कार्यतालिका अनुसार एनआरए कान्तो क्षेत्रों निर्वचन जुलाई ९ तारिकमा ११ बजे देखि ५ बजे सम्म मतदान हुनेछ । निर्वाचन समितिले अन्तिम नामावली जुलाई ४ तारिख राती १० बजे सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै गरी निर्वाचन समितिले सहमतिका लागि ७ तारिखसम्म पहल गर्ने जनाएको छ । यदि सहमति हुन नसकेमा ९ तारिख सन् २०१७- २०१९ को नयाँ कार्यसमितिको लागि निर्वाचन गराउने छ ।
जापान भरिका १३ क्षेत्रीय समिति मध्ये कान्तोलाई विशेष रुपले हेरिने गरेको छ । कान्तोमा मात्र ६ हजार ८३ जना सदस्य रहेको छ ।
एनआरएनए जापानको तोचिगिमा बिकास वस्नेत
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको तोचिगिमा बिकास वस्नेतको संयोजकत्वमा सर्वसम्मत १३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ ।
आर्इतबार भएको अधिवेशनले तोचिगिमा बस्नेतको नेतृत्वमा सर्वसम्मत १३ सदस्यिय कार्यसमिति चयन भएको छ। जसको उपसंयोजकमा सरोज भेटवाल र डेनि शेर्पा, सचिवमा कमलबहादुर बोगटी,सहसचिव अर्जुन गुरुङ, कोषाध्यक्ष सुवु गुरुङ (रोज़ी), सदस्यहरुमा क्रमश: युवराज लामा, सुरेन्द्र अधिकारी, अमन घले, धिरज पौडेल, शिवराम राई, दिपकबहादुर गुरुङ र निमा शेर्पा चयन भए।