टोकियो । जापानको लागि नेपाली राजदुत भई औपचारिक कार्यकाल शुरु गरेकी प्रतिभा राणालाई नेपाली कांग्रेस निकटको प्रबास भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।
जनसम्पर्क समिति जापानका सभापति डिपि कडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेलाई सम्मान गरिएको थियो । कार्यक्रममा समितिका पदाधिकारीहरु, पूर्व सभापतिहरु, समिति सम्बद्ध विभिन्न क्षेत्रीय सभापतिहरू, विभिन्न समाजका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत राणाले नेपाललाई जापानमा बस्ने सबै नेपाली एकजुट भई सुनौलो नेपाल बनाउन सबैसँग हातेमालो गर्ने बताउनुभयो ।
कार्यक्रम जनसम्पर्क समिति जापानले नेपाल र नेपालीहरुको लागि गरेका विभिन्न कामहरु बारेमा जानकारी दिदै जापानमा रहेको नेपालीहरु वीच सहकार्य गर्दै नेपालको आर्थिक विकासको लागि सबै संघ सस्थाहरु एक जुटहुदै अगाडि बढ़ने जानाकारी दिएको थियो ।
कार्यक्रममा नेपाल राजदूतबासको द्दितिय सचिव टोप नारायण गिरी, त्रितिय सचिव रेवन्त के ।सी सहभागि रहेको स्वागत कार्यक्रको सहजीकरण महामन्त्री रामजंङ कार्किले गर्नु भएको थियोभने स्वागत उपध्यक्ष रामकूष्णबम मल्लले गर्नु भएको थियो ।