टोकियो । जापानको टोकियोस्थित सुगीनामीमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलको १३औैं कल्चर डे सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रवासमा रहेको नेपाली पाठ्यक्रम तथा अन्तर्राष्ट्रिय पाठ्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने एभरेष्ट स्कुलको कल्चर डे कार्यक्रम जनवरी २४ तारीख शनिवा टोकियोको नाकानो जेरो हलमा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा जापानका लागि कार्यवाहक नेपाली राजदूत हरिहर कान्त पौडेल, गैरआवासीय नेपाली संघ ९एनआरएनए० आईसिसीका अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष रोविन शेरचन तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, विधालय व्यवस्थापन समिति अध्यक्ष दिपक सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयले बहुधार्मिक, बहुसांस्कृतिक पक्षलाई जोड दिँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न किसिमका नृत्य, कला तथा गायन प्रस्तुत गरी मनोरञ्जन प्रस्तुत गरि सम्पन्न भएका विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।
नेपाल सरकार, जापान सरकार र क्याम्ब्रिज विश्वविद्यालयबाट मान्यता प्राप्त जापानमा पहिलो विद्यालयको रुपमा एभरेष्ट इन्टरनेशनल स्कुल जापान १४ वर्ष अघि स्थापना भएको थियो ।
हाल उक्त विद्यालयमा आंशिक र पूर्णकालीन गरी ५२ जना शिक्षक-शिक्षिका तथा कर्मचारी कार्यरत हुनुहुन्छ भने ५ सयभन्दा बढ़ी विद्यार्थीहरु अध्यानरत छन्।


